Skip to content

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलाको ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको हो ।

सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आजको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T