Skip to content

बाढी प्रभावितलाई एचआइडीसीएलले दियो १ करोड १ लाख, विद्युत् नियमन आयोगको १ करोड सहयोग

काठमाडौं । बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा राहतका लागि ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन संस्थाले सरकारलाई कुल २ करोड १२ लाख रुपैयाँ सहयोग गरेका छन्।

विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले १ करोड १ लाख रुपैयाँ र ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।

सहयोग रकमको चेक बुधबार विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल तथा सम्बन्धित कम्पनीका प्रमुख कार्यकारी अधिकृतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T