Skip to content

सन सेक्युरिटिजले बाढीपीडितका लागि २ लाख ११ हजार रुपैयाँ सहयोग गर्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सन सेक्युरिटिज प्रालिले २ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। कम्पनीका अनुसार बाढीबाट सिर्जित घटनाक्रमले मर्माहत बनाएको भन्दै प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनामा राज्यलाई सहयोग गर्न उक्त रकम प्रदान गरिएको हो।

दैवी प्रकोपका समयमा आवश्यक पर्ने खोजी तथा उद्धार कार्यमा नेपाल सरकारको दक्षता र क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको जानकारी दिएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रले सहयोग गर्ने क्रम जारी छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T