Skip to content

एनभिडियाका सीईओ जेन्सन हवाङबाट १ करोड डलर सहयोग, विपद् राहत कोषमा संकलन १० अर्ब नाघ्यो

विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हवाङले नेपालमा हालै आएको विनाशकारी विपद्का पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि १ करोड अमेरिकी डलर सहयोग प्रदान गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सहयोगप्रति आभार व्यक्त गर्दै एनभिडियाका सीईओ हवाङलाई धन्यवाद दिएका छन्।

अर्थमन्त्री वाग्लेका अनुसार हवाङको यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

विपद्पछि राहत, उद्धार तथा पुनःनिर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। एनभिडियाका सीईओबाट प्राप्त १ करोड डलरको सहयोगलाई हालसम्मकै महत्वपूर्ण अन्तर्राष्ट्रिय सहयोगमध्ये एक मानिएको छ।

सरकारले संकलित रकम प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गर्ने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T