Skip to content

सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदी तोलाको ४० रुपैयाँले बढेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ७ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहिबारको बजारमा सुन प्रतितोला तीन लाख चार हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T