Skip to content

पुराना दलहरूलाई सुध्रन चेतावनी दिँदै गृहमन्त्री गुरुङले भने- इतिहास फेर्न नलाग्नुस्

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् ।

मंगलबार जेनजी सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले पुरानाहरुले जेनजी आन्दोलन गरेको दाबी गरे । उनले आगामी दिनमा सुध्रन समेत दलहरुलाई चेतावनी दिए ।

‘अझै पनि पुराना दलका साथीहरूले विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ । त्यो दिन इतिहास कसैले फेरेर फेरिँदैन’ उनले भने, ‘इतिहास फेर्ने कोसिस नगर्नु, आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीलाई अपमान गर्नु हो । त्यसैले सुध्रिनुस् अझै समय छ ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T