काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स कम्पनीले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।
भदौ २९ गते साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर सहित ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण पारित गरी हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो ।
कम्पनीले सेयरधनीहरुलाई करसहित लाभांश दिन ५७ करोड रुपैयाँ छुट्याएको छ । यो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कमुपनीले असोज २२ गतेका लागि बार्षिक साधारणभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज १४ गते एक दिन बूक क्लोज गर्ने भएको छ । असोज १३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्