Skip to content

पुँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित

काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको हो ।

अब सेयर बिक्री गर्दा अल्पकालीन लगानीकर्ताले ३.७५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्य योजना २०८३ ल्याएका थिए ।

त्यसमा बोर्डमा सूचीकरण भएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय पैँसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.७५ प्रतिशत र तीन सय पैँसठ्ठी दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत कायम गर्ने प्रस्ताव गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T