Skip to content

ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार शिवशिखर सहकारीका ५७ जना, कान्तिपुर सहकारीका ५२ जना, ओरियन्टल को–अपरेटिभका ८ जना, तुलसी बहुमुखी सहकारीका ९ जना र आइडियल यमुना सहकारीका ९ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ।

पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिको भनाइ छ। आगामी दिनमा पनि बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्दै जाने तयारी गरिएको छ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनबमोजिम निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima