Skip to content

सेयर बजारबाट राज्यले पाउन लाभकर घट्दै, दुई महिनामा कति उठ्यो ?

काठमाडौं । सेयर बजारबाट राज्यले पाउने पुँजीगत लाभकर धमाधम घट्न थालेको छ ।

गत आर्थिक वर्षको २ महिनाको तुलनामा चालु आवको सोही अविधमा राज्यले सेयर बजारबाट पाउने लाभकर ५४.४१ प्रतिशतले घटेको छ ।

गत आवको २ महिना अर्थात साउन र भदौमा राज्यले लाभकर बापत २ अर्ब ७५ करोड ९० लाख ६८ हजार ५२५ रुपैयाँ पाएको थियो ।

चालु् आवको सोही अविधमा यो रकम ५४.४१ प्रतिशतले घटेर १ अर्ब २५ करोड ७७ लाख ११ हजार ८४५ रुपैयाँमा सिमित भएको छ ।

गत आवको साउन महिनामा सेयर बजारबाट राज्यले २ अर्ब १५ करोड ७५ लाख ६९ हजार ६१ रुपैयाँ लाभकर पाएको थियो ।

चालु आवको पहिलो महिनामा ६२ करोड ४९ लाख ६५ हजार ३१५ रुपैयाँ लाभकर संकलत भएको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार साउन मसान्तसम्म उक्त रकम पुँजीगत लाभकर संकलन भएको हो । गत साउनको तुलनामा चालू आवको सोही अवधिमा लाभकर ७१.०३ प्रतिशतले घटेको छ ।

तथ्यांकअनुसार चालु आवको साउन महिनामा व्यक्तिगत तर्फका दीर्घकालीन कारोबारीले १९ करोड ३५ लाख ८५ हजार रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै व्यक्तिगत तर्फका अल्पकालीन कारोबारीले ३५ करोड ७१ लाख ५ हजार ५७७ रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै संस्थागत लगानीकर्ताले ७ करोड ४२ लाख ७४ हजार ७३३ रुपैयाँ तिरेका छन् ।

यस्तै गत आवको भदौ महिनामा ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ लाभकर स‌कलन भएको थियो । गत आवको भदौको चुलनामा चालू आवको सोही अवधिमा भने ५.१९ प्रतिशतले बढेर ६३ करोड २७ लाख ४६ हजार ५५० रुपैयाँ रहेको छ ।

तथ्यांकअनुसार भदौ महिनामा व्यक्तिगत तर्फका दीर्घकालीन कारोबारीले २० करोड ७४ लाख २७ हजार रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै व्यक्तिगत तर्फका अल्पकालीन कारोबारीले २३ करोड ७३ लाख ४६ हजार लाभकर तिरेका छन् ।

यस्तै संस्थागत लगानीकर्ताले १८ करोड ७९ लाख ७२ हजार ५६१ रुपैयाँ तिरेका छन् ।

चालु आवको २ महिनामा लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा १० प्रतिशत पुँजीगत लाभकर तिरेका छन् । यस्तै एक वर्षभन्दा बढी समयसम्म होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर तिरेका छन् ।

गत आवमा सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले ७.५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो ।

गत आवको तुलनामा चालुआवमा सरकारले लाभकर दर बढाएको थियो ।

लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । यस्तै एक वर्षभन्दा बढी समयसम्म होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ । यो लाभकर साउनदेखि लागू भएको हो ।

फेरि अहिले भदौ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले लाभर दर घटाएर अल्पकालीन लगानीकर्ताले ३.७५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत बनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima