काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई सेवा प्रदान गरेका स्वास्थ्य संस्थालाई २०८३ जेठ महिनाको दाबीबापत १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ।
स्वास्थ्य बीमा बोर्डका अनुसार जेठ महिनामा सेवा प्रदान गरेका देशभरका विभिन्न स्वास्थ्य संस्थाको दाबी प्रक्रिया पूरा भएपछि उक्त रकम भुक्तानी गरिएको हो।
बोर्डले सार्वजनिक गरेको भुक्तानी विवरणमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत ३८१ वटा स्वास्थ्य संस्था समेटिएका छन्।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितले प्राप्त गरेको उपचार तथा स्वास्थ्य सेवाबापत सम्बन्धित संस्थाले पेश गरेको दाबीको प्रक्रिया पूरा गरी बोर्डले सेवा शुल्क भुक्तानी गरेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्