Skip to content

सेयर बजार २२.८५ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार बढेको छ । शुक्रबार सेयर बजार मापक नेप्से सूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारसंगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बाँकी २ उपसमूहको परिसूचक भने घटेको छ ।

आज स्नो रिभर्स लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको सेयर मूल्य १३.६६ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज कुमारी बैंक उच्च स्थानमा रहेको छ। यस बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima