Skip to content

आरबिबि म्युचुअल फण्डअन्तर्गतका दुई योजनाले घोषणा गरे प्रतिफल 

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङको योजना व्यवस्थापनमा सञ्चालित आरबिबि म्युचुअल फण्डअन्तर्गतका दुई योजनाले आफ्ना इकाईधनीलाई वितरण गर्ने  प्रतिफल घोषणा गरेका छन् ।
आरबिबि मर्चेन्ट बैंकिङको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले आरबिबि म्युचुअल फण्ड–१ र आरबिबि म्युचुअल फण्ड–२ का इकाईधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार आरबिबि म्युचुअल फण्ड–१ का इकाईधनीलाई करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड–२ का इकाईधनीलाई करसहित ६ प्रतिशत प्रतिफल वितरण गरिनेछ ।
लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले असोज १२ गते एक दिन बुक क्लोज गर्ने भएका छन् ।
यसअनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरू यी दुवै म्युचुअल फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima