काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटबाट विद्युत् महसुलमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने भएको छ । स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषदको बैठकले उक्त भ्याट हटाउने निर्णय गर्ने छ ।
ऊर्जा मन्त्रालय उच्च स्रोतका प्रधानमन्त्री बालेन्द्र शाह सकारात्मक भइसकेका छन् । भ्याट हटाउने विषयमा आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री र अर्थमन्त्रीबीच छलफल भएको छ । छलफलमा अर्थमन्त्रीले आनाकानी गर्दै अन्तिममा भ्याट हटाउने सैद्धान्तिक सहमति जनाएका छन् ।
भ्याट हटाउने विषयमा बिकल्पसहित यसअघि नै विद्यु्त नियमन आयोगले अर्थमन्त्रालयलाई प्रतिवेदन समेत पेश गरिसकेको छ । सोही अनुसार काम गर्न अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषदको बैठकमा भ्याट हटाउने प्रस्ताव पेश गर्ने र बैठकले उक्त प्रस्ताव स्वीकृत गर्ने तयारी रहेको स्रोतको दाबी छ ।
अर्थमन्त्री वाग्लेले ऊर्जाको प्रस्ताव बिना नै चालु आवको बजेटमा घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेका थिए ।
घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्दा ५ प्रतिशत र अन्य ग्राहकले १३ प्रतिशत भ्याट तिरिरहेका छन् । बजेटको यो व्यवस्था लागू भएको दुई महिना मा नै हटाइने भएको छ ।
ऊर्जा मन्त्रीले खपत बढाउन मूल्य घटाउनु पर्ने माग गर्दै आएका थिए । साथै ऊर्जा खपत रणनीति २०८३ लागू भइसकेको ऊर्जा मन्त्रालयले स्मरण गराएको छ । उक्त रणनीतिमा मूल्य घटाउने र खेर बर्षा याममा खेर जाने विजुली खपत बढाउने लगायत व्यवस्था रहेको छ ।
दुई तिहाइको सरकारले बजेट ल्याएको तीन महिना नै नभइ धमाधम कर हटाउने, घटाउने गर्दा यसलाई अस्थिर कर नीति भएको विज्ञहरुको दाबी छ ।








प्रतिक्रिया दिनुहोस्