काठमाडौ । आज सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि.मा समस्या आएपछि आजको कारोबार रोकीएको हो ।
असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएतापनि हालसम्म समाधान भैनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले आजको नियमित कारोबार सत्रलाई स्थगन गरिएको नेप्सेले जनाएको छ ।
यता स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आजको कारोबार स्थगित गरिएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्