Skip to content

सेयर बजारमा सुधार, कारोबार रकम पनि बढ्यो  

काठमाडौं । मंगलबार सेयर बजारमा सुधार देखिएको छ । सोमबार सेयर बजारमा मापन नेप्से परिसूचक ७.०६ अंकले बढेर  २६५४.२८ विन्दुमा पुगेको छ।
सेयर बजारसंगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ । बाँकी ६ उपसमूहको परिसूचक घटेको छ ।
मिड सोलु हाइड्रोपावरको सेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य  ८ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा आज हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। आज यस कम्पनीको ४४ करोड ४० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima