Skip to content

टोयोटा नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड सहयोग

काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

टोयोटा मोटर एसिया र टोयोटा त्सुशो एसिया प्यासिफिकसँगको समन्वयमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले उक्त रकम राहत कोषमा योगदान गरेको हो । विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगले प्रभावित समुदायका राहत, उद्दार र पुनःस्थापनामा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

टोयोटा र उसका साझेदार संस्थाले नेपालमा विपद्का बेला आवश्यक सहयोग उपलब्ध गराउँदै समुदायको उत्थान र पुनःनिर्माणमा योगदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपालमा टोयोटाका सवारीसाधनको आधिकारिक वितरण गर्दै आएको छ । कम्पनीले यस सहयोगमार्फत विपद् प्रभावित समुदायलाई राहत पुर्‍याउनुका साथै भविष्यमा थप सबल र विपद् प्रतिरोधी समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima