Skip to content

सेवाग्राहीले इच्छाएको ठाँउमा लाइसेन्स पुर्याउन त्रिपक्षीय सम्झौता

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ ।

पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाइ हुने व्यवस्था गरिएको छ ।

यो प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्‍याउने कार्यलाई व्यवस्थित गर्न सम्झौता महत्वपूर्ण हुने जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima