Skip to content

चिनियाँ राष्ट्रपति सीको वासिङ्टन भ्रमण सुरु, ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्ने

 

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् ।

उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरको ज्वाइन्ट बेस एन्ड्र्युजमा विमानस्थलमै पुगेर स्वागत गर्नेछन् ।

एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय भ्रमणका क्रममा उनलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ ।

भ्रमणका क्रममा व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा दुई नेताबीच छलफल हुने अपेक्षा गरिएको छ । व्यापार तथा अन्य विषयमा मतभेद कायमै रहे पनि भ्रमणलाई अमेरिका–चीन सम्बन्धमा संवाद र रणनीतिक स्थिरता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह, सैन्य सम्मान तथा राजकीय रात्रिभोज आयोजना हुनेछ । रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी हुनेछन् । शुक्रबार सी र उनकी श्रीमती पेङ लियुआनले ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पसँग चिया भेट गर्नुका साथै राष्ट्रिय अभिलेखालयको भ्रमण गरे ।

यसअघि मेमा ट्रम्पले चीन भ्रमण गर्दा सी स्वयं उनलाई स्वागत गर्न पुगेका थिए । चिनियाँ उपराष्ट्रपति हान झेङले उनलाई स्वागत गरेका थिए ।

त्यस क्रममा बेइजिङमा अमेरिकी राष्ट्रपतिको विमानलाई रातो गलैँचा, सैन्य सम्मान गार्ड, सैन्य ब्यान्ड र झन्डा बोकेका सयौँ बालबालिकाले स्वागत गरेका थिए ।

अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका रिपब्लिकन अध्यक्ष रोजर विकरले भने सीलाई दिइएको भव्य स्वागतप्रति असहमति जनाए । उनले चीनको सैन्य विस्तार र इरानप्रतिको चीनको समर्थनलगायत विषयमा वार्ताका क्रममा ध्यान दिनुपर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima