Skip to content

क्युबेकमा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

ओटावा । क्यानडाको क्युबेक प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट–ब्रिजिड–ड’इबर्भिल क्षेत्रमा दिउँसो करिब २:३० बजे दुर्घटनाको सूचना प्रहरीले प्राप्त गरेको थियो।

दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको थियो। घटनास्थलमा पुगेका उद्धारकर्मीले करिब एक घण्टाभित्र आगो नियन्त्रणमा लिएका थिए। हेलिकोप्टरमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उडान भरेको केही समयमै हेलिकोप्टरमा आकस्मिक समस्या उत्पन्न भएको थियो। त्यसपछि हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ।

प्रहरीले दुर्घटनामा परेको हेलिकोप्टरको स्वामित्व, त्यसको प्रस्थान तथा गन्तव्यस्थल र मृतकहरूको पहिचानबारे हालसम्म जानकारी सार्वजनिक गरेको छैन।

दुर्घटनाको विस्तृत अनुसन्धानका लागि क्यानडाको यातायात सुरक्षा बोर्डले अनुसन्धान टोली घटनास्थलमा पठाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima