काठमाडौं । नेपाली जनसम्पर्क समिति जापानले राजेश खनाललाई समितिको प्रवक्तामा नियुक्त गरेको छ ।
समितिले खनाललाई सेप्टेम्बर २२ तारिखदेखि लागू हुने गरी प्रवक्ता पदमा नियुक्त गरेको जनाएको हो ।
समितिका अनुसार संगठनको आधिकारिक निर्णय, धारणा तथा गतिविधिलाई सम्बन्धित पदाधिकारीहरूसँग आवश्यक समन्वय गरी सञ्चारमाध्यम तथा जनसमुदायसमक्ष प्रस्तुत गर्ने जिम्मेवारी खनाललाई दिइएको छ।
त्यस्तै, संगठनका नीति, कार्यक्रम, अभियान र संगठनात्मक गतिविधिबारे सूचना प्रवाह गर्ने तथा संगठनको विधि, विधान र नीतिअनुरूप सञ्चारसम्बन्धी कार्य सम्पादन गर्ने जिम्मेवारी पनि उनलाई प्रदान गरिएको छ।









प्रतिक्रिया दिनुहोस्