Skip to content

नाम्सी खोलामा लेदोसहितको पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुलमाथिबाट लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

पहिरो खसेपछि सडक डिभिजन कार्यालयमार्फत मेशिन तथा उपकरण परिचालन गरी पहिरो हटाइएको छ। पहिरो हटाएपछि हाल पोखरातर्फ जाने सवारीसाधनका लागि मात्रै सडकमा आवागमन खुला गरिएको छ ।

सडकखण्डमा वर्षाका कारण पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। साथै, सडकको अवस्था हेरेर अन्य सवारीसाधनको आवागमन खुलाउने तयारी भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima