काठमाडौं । लगातारको वर्षापछि आइतबार डुबानमा सर्लाहीको मलङ्गवामा रहेको सबस्टेशन डुबानमा परेको छ ।
सर्लाही नगरपालिका–२,स्थित नेपाल विद्युत प्राधिकरण मलङ्गवा वितरण केन्द्रको सबस्टेशन डुबानमा परेको हो ।
निकास नहुँदा वर्षातको पानीले सबस्टेसनको कन्ट्रोल प्यानल डुबाउँदा गएराति देखिनै यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।









प्रतिक्रिया दिनुहोस्