Skip to content

रिज लाइन इनर्जीले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीको पाँचौँ वार्षिक साधारण सभा कात्तिक १७ गते मंगलबार ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेट प्रालिमा बस्ने भएको छ। सभा बिहान १० बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले हुन आउने १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी, १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव सभामा पेश हुनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima