काठमाडौं । नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रि (निक्की)को अध्यक्षमा कुनाल कयाल चयन भएका छन् ।
करण कुमार चौधरीले अध्यक्षका लागि दिएको उम्मेदवारी फिर्ता लिएसँगै कयाल सर्वसम्मत भएका हुन् ।
उनी निक्कीको उपाध्यक्ष रहेका छन् । आगामी नेतृत्वका लागि आजसम्म उम्मेदवारी दिने समय रहेको छ । जसमा अध्यक्षमा २ जनाको उम्मेदवारी परेको थियो ।
उम्मेदवार मध्ये चौधरीले फिर्ता लिएसँगै उनलाई कयाललाई सर्वसम्मत हुन बाटो खुलेको हो ।
निक्कीको अधिवेशन भने असोज २९ गते हुँदैछ ।












प्रतिक्रिया दिनुहोस्