Skip to content

मेची भन्सारले गर्याे चार अर्ब ९२ करोड राजस्व सङ्कलन 

nabil
global ime
काठमाडाैं ।  मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म  चार अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा चार अर्ब ६७ करोड सात लाख ७३ हजार रुपैयाँ सङ्कलन गरेको हो ।
यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन भएको हो । महिनागत विवरणअनुसार साउनमा एक अर्ब ४३ करोड ५० लाख  रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ सङ्कलन भएको थियो ।
त्यस्तै, भदौमा एक अर्ब ६४ करोड रुपैयाँ लक्ष्य रहेकामा  एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख  छ ।
असोजमा भने राजस्व सङ्कलन थप बढेको देखिन्छ । उक्त महिनामा  एक अर्ब ८४ करोड ५० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा  एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार रुपैयाँ सङ्कलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो ।
कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा  चार अर्ब १५ करोड २० लाख नौ हजार रुपैयाँ सङ्कलन भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T