Skip to content

नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुल्यो, कुन पदमा कति ?

nabil
global ime

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवातर्फ विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले २०८३ असार मसान्तसम्म रिक्त रहेका पदहरूमा पदपूर्तिका लागि ६१ जनाको दरखास्त आह्वान गरेको हो ।

बैंकले २०८३ कात्तिक २७ गते आफ्नो वेबसाइट, इन्ट्रानेट तथा सूचनापाटीमार्फत भर्नासम्बन्धी सूचना सार्वजनिक गरेको हो । प्रकाशित सूचनाअनुसार सहायक निर्देशकदेखि सहायक पदसम्मका लागि कर्मचारी माग गरिएको छ ।

माग गरिएका पदहरूमा प्रशासन सेवातर्फ सहायक निर्देशक २६ जना, सहायक निर्देशक (खुला–प्रतिस्पर्धा) ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) ३ जना, प्राविधिक सेवातर्फ सहायक निर्देशक (सूचना प्रविधि) ४ जना र सहायक (प्रशासन) २६ जना रहेका छन् ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विद्युतीय माध्यमबाट दरखास्त फाराम भर्न तथा बुझाउन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T