Skip to content

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला, १२ जिल्लाका फेरिए सीडीओ

काठमाडौं । गृह मन्त्रालयले मंगलबार अध्यागमन विभागको महानिर्देशकमा सहसचिव कोषहरि निरौलालाई पठाएको छ।

यस्तै संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सरूवा भएका छन्।

संखुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरूङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, कैलालीमा किरण जोशी, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्य सीडीओ भएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T