काठमाडौं । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ५ सय १५ रुकारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्