Skip to content

फेक रेस्क्यूमा संलग्न वायु सेवा संचालक संघका पूर्वउपाध्यक्ष सिंहसहित २ जना पक्राउ

nabil bank

काठमाडौं । पर्वतारोहण क्षेत्रमा पर्यटकको फेक रेस्क्यू प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वायु सेवा संचालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्र बहादुर सिंह र सन्दिप तिवारीलाई पक्राउ गरेको प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

उनका अनुसार तिवारी रोयल होलिडे एडभेन्चर एण्ड ट्राभल कम्पनीका संचालक हुन् ।  काठमाडौँ महानगरपालिका वडा नं ३१ का सिंह आज पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ परेका हुन् ।

यो प्रकरणमा हालसम्म प्रहरीले टे«किङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बीमाका नेपाल स्थित लोकल एजेन्ट, हेलिकप्टर कमपनीका सञ्चालक समेत गरी ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरु विरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi