Skip to content

सार्वजनिक बिदामा पनि इन्धन आपूर्ति नरोकिने, ड्रम र जेरीक्यानमा पेट्रोलियम पदार्थ नभर्न निगमको अग्रह

nabil bank

काठमाडौं । नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत देशभर पेट्रोलियम पदार्थको आपूर्ति नियमित रहने जनाएको छ। प्रतिनिधि सभा निर्वाचनको लागि सरकारले तीन दिन बिदा घोषणा दिएको भएता पनि इन्धन आपूर्ति र वितरणमा कुनै अवरोध नआउने निगमले स्पष्ट पारेको हो।

निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा भइरहेको जानकारी दिएका छन् । निर्वाचन अवधिभर पर्याप्त परिमाणमा आयात जारी रहने उनले बताए । बजारमा हल्लाका आधारमा अनावश्यक भीडभाड नगर्न र कृत्रिम अभाव सिर्जना हुने अवस्था नरहेको उनले बताए।

निगमले सार्वजनिक बिदाका अवधिमा समेत देशका विभिन्न प्रादेशिक तथा डिपोशाखा कार्यालयहरू निश्चित मितिमा खुला रहने जनाएको छ। इन्धन आपूर्तिमा कुनै समस्या देखिएमा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ।

यसैबीच, निगमले अनावश्यक रूपमा जेरीक्यान तथा ड्रममा पेट्रोलियम पदार्थ भरेर भण्डारण नगर्न कडा निर्देशन दिएको छ। असुरक्षित ढंगले इन्धन भण्डारण गर्दा आगलागीजस्ता सम्भावित दुर्घटनाको जोखिम बढ्ने भएकाले ड्रम वा अन्य भाँडामा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको जनाएको छ।

निगमले उपभोक्तालाई आवश्यक परिमाणमा मात्र इन्धन खरिद गरी सहयोग गर्न आग्रह गर्दै बजारमा सहज आपूर्ति सुनिश्चित गरिएको दोहोर्‍याएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi