Skip to content

अस्पताल भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिको नियन्त्रणमा

nabil bank
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित पात्लेमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन । नमुना हिमालयन जेभी विराटनगरले रु ११ करोड ९९ लाख १९ हजार ६२९ लागतमा निर्माणको ठेक्का पाएको अस्पताल वि।सं। २०७७ मङ्सिर–१५ गते शिलान्यासपछि काम सुरु भएकोमा आधा काम पनि नसकिँदै लामो समयदेखी निर्माण कार्य रोकिएको छ । तस्बिर ः केदार मगर÷रासस

काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पताल भवन निर्माणमा ढिलासुस्ती गरेको भन्दै ठेकेदार पक्षमाथि कडा कदम चालेको छ। निर्माण कार्य लामो समयदेखि अलपत्र पारिएको निष्कर्षसहित नगरपालिकाले सम्बन्धित ठेकेदारको सवारी साधन नियन्त्रणमा लिएको हो।

नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवनको काम अपेक्षित गतिमा अघि नबढेपछि पालिकाले ठेकेदारको सवारी नियन्त्रणमा लिएको नगरपालिकाका उपमेयर रमेश राउतले बताए । नमुना–हिमालयन जेभी, विराटनगरसँग आवद्ध ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

उपमेयर राउतका अनुसार, ठेक्का सम्झौता अनुसार आवश्यक निर्माण सामग्री र जनशक्ति परिचालन गरी काम सुरु नभएसम्मका लागि चैत ८ गतेदेखि गाडी, साँचो तथा सवारी दर्ता प्रमाणपत्र नगरपालिकाको नियन्त्रणमा राखिएको छ।

उक्त अस्पताल भवन २०८० सालमै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पहिलो चरणको कामसमेत पूरा हुन सकेको छैन। निर्माण कार्यमा निरन्तरता नदेखिएको र पटक–पटक लिखित तथा मौखिक रूपमा सचेत गराउँदा पनि प्रगति नदेखिएपछि नगरपालिकाले यस्तो निर्णय लिन बाध्य भएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi