काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओलीको तत्काल रिहाइको मागसहित आज बसेको नेकपा एमालेको सचिवालय बैठकले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ।
बैठकले ओलीको गिरफ्तारीलाई ‘अवैध र राजनीतिक प्रतिशोधपूर्ण’ भन्दै कानुनी तथा राजनीतिक दुवै माध्यमबाट सशक्त प्रतिवाद गर्ने निर्णय गरेको एमालेले जनाएको छ।
पार्टी सचिवालयका अनुसार निम्न कार्यक्रमहरू तत्काल कार्यान्वयनमा ल्याइनेछः
१. आम नागरिक, नागरिक समाज र विभिन्न वाम–प्रगतिशील शक्तिहरूको दृढताका साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. देशका सबै जिल्लामा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट सदरमुकाममा विरोध प्रदर्शन गर्ने।
३. भोलि चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडिओ) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी शासनका पक्षधर सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने, साथै नागरिक समाज र आम जनसमुदायसँग समन्वय गर्ने।












प्रतिक्रिया दिनुहोस्