Skip to content

कर्मचारीले घुस मागे मलाई फोन गर्नुस्: भाैतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले ठेक्का प्रक्रियाका क्रममा कर्मचारीलाई अतिरिक्त शुल्क वा कमिसन नदिन निर्देशन दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलाई भेटेर मन्त्री लम्सालले कर्मचारीलाई अतिरिक्त शुल्क नदिन निर्देशन दिएका हुन्। मन्त्रीसँगको भेटबारे महासंघले सूचना जारी गर्दै उक्त जानकारी दिएको छ।

‘समयमै गुणस्तरीय निर्माणकार्यमा अवरोध सिर्जना हुने गरी पूर्वाधार विकासको क्षेत्रमा व्यापक रुपमा आर्थिक अनियमितता हुने गरेको जनगुनासो आएको सन्दर्भमा अबका दिनमा निर्माण व्यवसायीहरूलाई निर्माणाधिन आयोजनाका सन्दर्भमा कुनै पनि तह र तप्काका सरकारी अधिकारीहरूलाई अतिरिक्ति शुल्क नदिन भनिएको छ ।

यसैगरी, कुनै पनि सरकारी अधिकारीहरूले त्यस्तो शुल्क मागेको खण्डमा त्यस्ता अधिकारीहरूलाई प्रचलित कानून अनुसार कार्वाहीको दायरामा ल्याउन सिधै मन्त्रीलाई जानकारी गराउन निर्माण व्यवसायीहरूलाई निर्देशन दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima