काठमाडौं । सरकारले उद्योगीहरूलाई सहज लगानी, कर्जा र सञ्चालनको वातावरण तयार पार्न तथा विशेष आर्थिक क्षेत्र (सेज) सहितका औद्योगिक जग्गा र पूर्वाधारको उपयोगमा सहजीकरण गर्न ‘औद्योगिक व्यवसाय ऐन, २०७६’ का ३७ वटा दफा अध्यादेश मार्फत संशोधन गर्ने भएको छ ।
लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत सरकारले उद्योगीको कर्जा पहुँच, दर्ता तथा नवीकरण, कर तथा भन्सार फिर्ता सुविधा, स्टार्टअप लगानी र समयबद्ध प्रशासनिक सेवा प्रवाहमा विस्तृत कानुनी व्यवस्था गर्न लागेको हो ।
सरकारले उद्योग दर्ता, नवीकरण, स्टार्टअप प्रवर्द्धन, कर तथा भन्सार सुविधा र जग्गा धितोलगायतका विषयमा व्यापक नीतिगत तथा प्रक्रियागत सुधार गर्न लागेको छ ।
प्रस्तावित संशोधनमा उद्योग स्थापनाअघिको सहजीकरण, डिजिटल सेवा प्रवाह, सरकारी निकायमा समयबद्ध निर्णय, चरणबद्ध उत्पादन अनुमति तथा जोखिममा आधारित अनुगमनजस्ता महत्वपूर्ण व्यवस्थाहरू समेटिएका छन् ।
अध्यादेश मार्फत संशोधन गर्न लागेको ऐनको दफा १ दफा २ मा संशोधन गरिएको छ । दफा २ को खण्ड खमा नयाँ व्यवस्था गरिएको छ । ‘उद्योग दर्ता गर्ने निकाय भन्नाले विभाग सम्झनुपर्छ र सो शब्दले प्रचलित कानूनबमोजिम उद्योग दर्ता गर्ने अधिकार प्राप्त प्रदेश सरकारको उद्योग प्रशासन हेर्ने विभाग वा कार्यालय वा स्थानीय तहलाई समेत जनाउँछ” भन्ने उल्लेख छ ।
यस्तै सङ्घीय अधिकार क्षेत्रमा पर्ने उद्योग तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (५) को खण्ड घ बमोजिम स्थानीय तहको अधिकारक्षेत्रमा पर्ने उद्योगबाहेक अन्य उद्योगको दर्ता, नवीकरण, खारेजी, नियमन तथा उद्योग प्रशासनसम्बन्धी कार्य सम्बन्धित प्रदेश सरकारको कानूनबमोजिम हुने उल्लेख छ ।
कानूनबमोजिम कुनै उद्योगको स्थापना वा सञ्चालनका लागि छुट्टै अनुमति लिनुपर्ने भएमा त्यस्तो अनुमति सम्बन्धित अधिकारप्राप्त निकायबाट लिनुपर्नेछ उल्लेख छ । यस्तै उपदफा ८ को सट्टा उपदफा १ बमोजिमका उद्योगबाहेक अन्य उद्योग स्थापना गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले सम्बन्धित प्रदेश वा स्थानीय तहको अधिकारक्षेत्रबमोजिम प्रचलित कानूनले तोकेको विवरण तथा कागजातसहित सम्बन्धित उद्योग दर्ता गर्ने निकायसमक्ष निवेदन दिनुपर्नेछ उल्लेख छ ।
दफा ४ को उपदफा ९ पछि उपदफा १० थपिएको छ । जसमा ”यस दफाबमोजिमको क्षेत्राधिकार निर्धारणका लागि विभागले प्रदेश र स्थानीय तहसँग समन्वय गरी लागू कानूनमा आधारित क्षेत्राधिकार विवरण सार्वजनिक गर्नुपर्नेछ । क्षेत्राधिकार परिवर्तन भएको कारणले मात्र पहिले कानूनबमोजिम भएको उद्योग दर्ता अमान्य हुने वा पुनः दर्ता गर्नुपर्ने छैन । अभिलेख सम्बन्धित निकायमा हस्तान्तरण गर्नुपर्नेछ। एउटै उद्योगमा एकभन्दा बढी निकायले दर्ता वा नवीकरणको माग गरेमा दफा ६२ बमोजिम समाधानका लागि निवेदन दिन सकिनेछ । यस उपदफाले संविधान वा प्रचलित कानूनबमोजिमको कुनै तहको अधिकार परिवर्तन गर्ने छैन ।”
यस्तै दफा ४ पछि ४क थपिएको छ । उद्योग स्थापना गर्न चाहने व्यक्तिले उद्योग दर्ता गर्नुअघि परियोजनाको सम्भाव्यता अध्ययन, बजार अध्ययन, प्राविधिक परीक्षण, डिजाइन, प्रविधि तथा उपकरण छनोट, वित्तीय स्रोत लगानी साझेदार पहिचान तथा अन्य परियोजना तयारीसम्बन्धी कार्य गर्न सक्नेछ । सरकारले उद्योग स्थापना गर्न चाहने व्यक्तिलाई परियोजना तयारीदेखि उद्योग दर्ता तथा आवश्यक अनुमति प्राप्त गर्ने चरणसम्म सहजीकरण गर्न उद्योग स्थापना गर्न उपयुक्त स्थान उपलब्ध औद्योगिक जग्गा तथा पूर्वाधार, कच्चा पदार्थ, ऊर्जा, औद्योगिक सुविधा, सम्बन्धित कानुनी प्रक्रिया तथा आवश्यक स्वीकृतिसम्बन्धी सूचना एकीकृत माध्यमबाट उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ ।
उद्योग स्थापना गर्न चाहने व्यक्तिले प्रस्तावित परियोजनाको प्रारम्भिक विवरणसहित सहजीकरणका लागि उद्योग दर्ता गर्ने निकाय वा एकल बिन्दु सेवा केन्द्रसमक्ष निवेदन दिन सक्नेछ । उपदफा ३ बमोजिम निवेदन प्राप्त गर्ने निकायले सात कार्यदिनभित्र परियोजनाका लागि आवश्यक प्रमुख कानुनी प्रक्रिया, जिम्मेवार निकाय, आवश्यक कागजात तथा लागू हुने समयसीमासहितको प्रारम्भिक सहजीकरण विवरण निवेदकलाई उपलब्ध गराउनुपर्नेछ ।
यस दफाबमोजिम परियोजना तयारी वा सहजीकरणका लागि उद्योग दर्ता अनिवार्य हुने छैन । तर प्रचलित कानूनबमोजिम अनुमति वा स्वीकृति आवश्यक पर्ने कार्य त्यस्तो अनुमति वा स्वीकृति प्राप्त नगरी गर्न पाइने छैन । सहजीकरणबाट उद्योग दर्ता, जग्गाको अधिकार, वातावरणीय स्वीकृति वा अन्य अनुमति स्वतः प्राप्त भएको मानिने छैन ।
पूर्वलगानी सहजीकरण निकायगत समन्वय, प्रारम्भिक सहजीकरण विवरण, विद्युतीय सेवा प्रवाह तथा अभिलेख व्यवस्थापनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ ।
यस्तै दफा ४क पछि ४ख थपिएको । जसमा उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धनात्मक कार्यक्रममा सहभागिता प्रचलित कानूनबमोजिम दर्ता भएका सङ्घ, संस्था, समिति, सहकारी संस्था वा समूहले आफ्नो उद्देश्यअनुरूप सञ्चालन गरेका वा सञ्चालन गर्न प्रस्ताव गरेका उद्यम तथा व्यावसायिक गतिविधिको विकास र प्रवर्द्धनका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट सञ्चालन हुने उद्यमशीलता विकास, सीप विकास, प्रविधि हस्तान्तरण, नवप्रवर्तन, व्यवसाय परामर्श, उत्पादन विकास वा बजार प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन छुट्टै उद्योग दर्ता गरेको हुनुपर्ने छैन ।
तर यस दफाबमोजिम कार्यक्रममा सहभागी भएकै आधारमा प्रचलित कानूनबमोजिम उद्योग दर्ता गर्नुपर्ने, अनुमति लिनुपर्ने वा अन्य कानुनी दायित्व पूरा गर्नुपर्ने भएको मानिने छैन। कार्यक्रम सञ्चालन गर्ने निकायले सहभागीको पहिचान, उद्यमको वास्तविक सञ्चालन दोहोरो लाभ तथा झुट्टा विवरणको परीक्षण, निष्पक्ष छनोट, अस्वीकृतिमा कारणको जानकारी र पुनरावलोकनको व्यवस्था गर्नुपर्नेछ उल्लेख छ ।
दफा ४ख पछि ४ग थपिएको छ । ४ग मा उद्योगको आवधिक नवीकरणसम्बन्धी व्यवस्था रहेको छ । जसमा प्रचलित कानूनबमोजिम आवधिक नवीकरण गर्नुपर्ने उद्योगको दर्ता वा उद्योग सञ्चालनसम्बन्धी अनुमतिपत्रको अवधि समाप्त हुनुअघि सम्बन्धित उद्योगले नवीकरणका लागि अधिकारप्राप्त निकायसमक्ष निवेदन दिन सक्नेछ । उपदफा १ बमोजिमको अवधिभित्र नवीकरण गर्न नसकेको उद्योगले नवीकरणको अवधि समाप्त भएपछि समेत सम्बन्धित कानूनबमोजिम लाग्ने विलम्ब शुल्क तिरी नवीकरणका लागि निवेदन दिन सक्नेछ ।
उपदफा २ बमोजिम निवेदन प्राप्त भएमा अधिकारप्राप्त निकायले आवश्यक विवरण तथा कागजात पूरा भएको र प्रचलित कानूनबमोजिम नवीकरण गर्न मिल्ने देखिएमा निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र नवीकरण गरी सोको जानकारी सम्बन्धित उद्योगलाई दिनुपर्नेछ ।
कानूनबमोजिम आवधिक नवीकरण गर्नुपर्ने व्यवस्था नभएको उद्योगको दर्ता नवीकरण गर्नुपर्ने छैन । उद्योगको दर्ता वा अनुमतिपत्रको नवीकरण अवधि समाप्त भएको कारणले मात्र उद्योगको मूल दर्ता स्वतः खारेज भएको मानिने छैन ।
तर प्रचलित कानूनबमोजिम नवीकरण नभएको अवधिमा उद्योग सञ्चालन गर्न निषेध गरिएको भएमा त्यस्तो उद्योगले नवीकरण नभएसम्म सम्बन्धित कार्य सञ्चालन गर्न पाउने छैन । यस उपदफामा लेखिएको कुनै कुराले प्रचलित कानूनबमोजिम उद्योगको दर्ता वा अनुमतिपत्र खारेज, निलम्बन वा रद्द गर्न सकिने अधिकारमा प्रतिकूल असर नपार्ने उल्लेख छ ।
नवीकरणसम्बन्धी निवेदन आवश्यक विवरण तथा कागजात, शुल्क भुक्तानी र प्रमाणपत्र जारी गर्ने कार्य विद्युतीय माध्यमबाट गर्न सकिनेछ । यस दफामा लेखिएको कुनै कुराले प्रचलित कानूनबमोजिम लिनुपर्ने विशेष अनुमति, इजाजतपत्र, वातावरणीय स्वीकृति वा अन्य क्षेत्रगत अनुमतिको नवीकरणसम्बन्धी व्यवस्था परिवर्तन गरेको मानिने छैन ।
यस्तै दफा ७ को उपदफा २ को सट्टा नयाँ व्यवस्था गरिएको छ । उद्योगको पुँजी वृद्धि, स्वामित्व वा व्यवस्थापन परिवर्तन वा अन्य प्रशासनिक विवरण अद्यावधिक गरेको कारणले मात्र पुनः वातावरणीय अध्ययन गर्नुपर्ने छैन । तर उद्योगको क्षमता वृद्धि, उत्पादन प्रक्रिया वा उद्देश्य परिवर्तन, ठाउँसारी वा स्थानान्तरणका कारण प्रचलित वातावरण संरक्षणसम्बन्धी कानूनबमोजिम नयाँ वा पूरक वातावरणीय अध्ययन गर्नुपर्ने भएमा सम्बन्धित उद्योगले त्यस्तो अध्ययन तथा स्वीकृतिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ ।
वातावरणीय प्रभाव नबदलिएको अवस्थाको पहिचान गर्दा उत्पादन क्षमता, उत्सर्जन, जग्गाको क्षेत्रफल, स्थान र प्रभावको सीमा वातावरण संरक्षणसम्बन्धी कानूनबमोजिम परीक्षण गर्नुपर्नेछ र सम्बन्धित उद्योगले आवश्यक सूचना तथा प्रमाण सक्षम निकायमा पेस गर्नुपर्नेछ ।
यस्तै दफा ७ पछि ७क थपिएको छ । जसमा वन क्षेत्र प्रयोगसम्बन्धी एकीकृत स्वीकृति तथा प्रशासनिक सहजीकरणको विषय रहेको छ । प्रचलित वनसम्बन्धी कानूनबमोजिम वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्राप्त गर्न सक्ने उद्योगको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने प्रक्रियामा वन क्षेत्र प्रयोगसम्बन्धी आवश्यक अध्ययन, स्थलगत परीक्षण, सम्बन्धित निकायको राय तथा सहमति र अन्य आवश्यक विवरणसमेत एकीकृत रूपमा परीक्षण तथा निर्णय गर्नुपर्नेछ ।
वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्नुअघि वन क्षेत्र प्रयोगका सम्बन्धमा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायको स्वीकृति प्राप्त भइसकेको भएमा सोही स्वीकृतिमा उल्लिखित क्षेत्रफल, स्थान, प्रयोजन र सर्तको अधीनमा रही वन क्षेत्र प्रयोग गर्न पुनः स्वीकृति लिनुपर्ने छैन ।
वन क्षेत्र प्रयोगसम्बन्धी स्वीकृतिका लागि प्रचलित कानूनबमोजिम आवश्यक सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएपछि सम्बन्धित निकायले त्यस्तो निवेदनमा आवश्यक परीक्षण तथा निर्णय प्रक्रिया यथाशीघ्र अघि बढाउनुपर्नेछ। त्यस्तो निकायले कानूनबमोजिम आफूले निर्णय गर्न सक्ने विषयमा तीस दिनभित्र निर्णय गर्नुपर्नेछ । अर्को निकाय वा नेपाल सरकारबाट निर्णय हुनुपर्ने विषयमा सम्बन्धित निकायले आफूबाट पूरा गर्नुपर्ने परीक्षण, राय वा सिफारिसको प्रक्रिया तीस दिनभित्र सम्पन्न गरी अधिकारप्राप्त निकायसमक्ष पठाउनुपर्नेछ। तर प्रचलित कानूनबमोजिम अनिवार्य रूपमा गर्नुपर्ने वातावरणीय अध्ययन, सार्वजनिक सुनुवाइ, स्थलगत परीक्षण वा अन्य कानुनी प्रक्रिया पूरा नभएको अवस्थामा त्यस्तो प्रक्रिया पूरा नगरी स्वीकृति दिन नसकिने उल्लेख छ ।
स्वीकृति प्राप्त उद्योगले सोही स्वीकृतिमा समावेश भएको विषयमा पुनः सहमति वा स्वीकृति लिनुपर्ने छैन । तर स्वीकृत क्षेत्रफल, स्थान वा प्रयोजन परिवर्तन भएमा वा स्वीकृतिमा समावेश नभएको थप वन क्षेत्र प्रयोग गर्नुपर्ने भएमा प्रचलित कानूनबमोजिम आवश्यक स्वीकृति लिनुपर्नेछ ।
स्वीकृतिले वन क्षेत्र प्रयोगबापत प्रचलित कानूनबमोजिम पूरा गर्नुपर्ने क्षतिपूर्ति, वृक्षरोपण, वन संरक्षण, वातावरणीय व्यवस्थापन तथा अन्य दायित्वबाट छुट दिएको मानिने छैन । स्वीकृति प्रक्रिया सम्बन्धित निकायहरूबीच विद्युतीय माध्यमबाट समन्वय गरी एकीकृत रूपमा सम्पन्न गर्न सकिने उल्लेख छ ।
यस्तै दफा ८क पछि ८ख थपिएको छ । ८खमा स्टार्टअप उद्यममा लगानी प्रवर्द्धन तथा बौद्धिक सम्पत्ति संरक्षणको व्यवस्था रहेको छ । ८क बमोजिमको स्टार्टअप उद्यम वा व्यवसायको स्थापना, सञ्चालन, विकास तथा विस्तारका लागि प्रचलित कानूनबमोजिम एन्जेल लगानी, बीज पुँजी, जोखिम पुँजी, प्राइभेट इक्विटी, सहलगानी तथा अन्य वैकल्पिक लगानीका माध्यमबाट पुँजी परिचालन गर्न सकिनेछ ।
नेपाल सरकारले स्टार्टअप उद्यममा लगानी प्रवर्द्धन गर्न लगानीकर्ता तथा उद्यमबीच सम्पर्क स्थापना, लगानी मिलान, उद्यम मूल्याङ्कन, व्यावसायिक परामर्श, लगानी प्रस्ताव प्रस्तुतीकरण तथा लगानीसम्बन्धी सूचना आदानप्रदानका लागि एकीकृत विद्युतीय प्रणाली वा अन्य उपयुक्त माध्यमबाट सहजीकरण गर्न सक्नेछ ।
लगानी गर्ने व्यक्ति, संस्था वा कोषले प्रचलित कम्पनी, धितोपत्र, विदेशी लगानी, वित्तीय कारोबार तथा अन्य सम्बन्धित कानूनबमोजिम आवश्यक स्वीकृति वा अनुमति प्राप्त गर्नुपर्नेछ । स्टार्टअप उद्यमले आफ्नो आविष्कार, नवप्रवर्तन, प्रविधि, पेटेन्ट, औद्योगिक डिजाइन, ट्रेडमार्क, प्रतिलिपि अधिकार, व्यापारिक गोपनीयता तथा अन्य बौद्धिक सम्पत्तिको पहिचान, दर्ता, संरक्षण, मूल्याङ्कन, व्यावसायिक उपयोग इजाजत तथा हस्तान्तरणका लागि प्रचलित कानूनबमोजिम सहजीकरण प्राप्त गर्न सक्नेछ ।
नेपाल सरकारले बौद्धिक सम्पत्तिको वर्ता, अभिलेखीकरण, संरक्षण, कानुनी परामर्श, प्रविधि हस्तान्तरण तथा व्यावसायीकरणका लागि एकीकृत सहजीकरण सेवा उपलब्ध गराउन सक्नेछ । स्टार्टअप उद्यमको बौद्धिक सम्पत्तिमा रहेको स्वामित्व, उपयोग अधिकार, इजाजत, हस्तान्तरण तथा त्यसबाट प्राप्त हुने आर्थिक लाभसम्बन्धी व्यवस्था प्रचलित कानून तथा सम्बन्धित पक्षबीच भएको कानूनसम्मत सम्झौताबमोजिम हुनेछ ।
लगानी सहजीकरण, बौद्धिक सम्पत्ति संरक्षण तथा व्यावसायीकरणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ । ‘एन्जेल लगानी’ भन्नाले स्टार्टअप उद्यम वा व्यवसायको प्रारम्भिक चरणमा कुनै व्यक्ति वा लगानीकर्ताले प्रचलित कानूनबमोजिम स्वामित्व पुँजी वा कानूनसम्मत लगानी उपकरणमार्फत गर्ने जोखिमयुक्त लगानी सम्झनुपर्ने छ ।
यस्तै दफा ८ग मा नेपाल सरकारले स्टार्टअप उद्यमशीलताको विकास, प्रवर्द्धन, सहजीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय स्तरको एकीकृत विद्युतीय प्रणालीको रूपमा स्टार्टअप नेपाल पोर्टल स्थापना तथा सञ्चालन गर्न सक्नेछ ।
पोर्टलमार्फत उद्यमशीलतासम्बन्धी सूचना, अध्ययन सामग्री, अनुसन्धान, तालिम तथा सिकाइका अवसरमा पहुँच उपलब्ध गराउने, उद्यमशीलतामा रुचि राख्ने व्यक्ति, समूह तथा स्टार्टअप उद्यमको विद्युतीय प्रोफाइल सिर्जना तथा व्यवस्थापन गर्ने, व्यावसायिक विचारको प्रस्तुतीकरण, अभिलेखीकरण, मूल्याङ्कन छनोट तथा विकासमा सहजीकरण गर्ने, व्यवसाय योजना निर्माण, अनुसन्धान, नवप्रवर्तन, प्रोटोटाइप विकास तथा उत्पादन परीक्षणमा सहजीकरण गर्ने, इन्क्युबेसन, एक्सेलेरेसन, प्रयोगशाला, प्रविधि, उपकरण तथा प्राविधिक परामर्शमा पहुँच र समन्वय गर्ने, प्रशिक्षक परामर्शदाता, मेन्टर, विज्ञ, अनुसन्धानकर्ता तथा सेवा प्रदायकको विवरण व्यवस्थापन गरी सेवा मिलान गर्ने सेवा उपलब्ध गराउन सकिने जनाइएको छ ।
स्टार्टअप उद्यमको पहिचान, मूल्याङ्कन, मान्यता तथा दर्ता प्रक्रियामा सहजीकरण गर्ने, उद्यम र लगानीकर्ता, बैंक तथा वित्तीय संस्था तथा वैकल्पिक वित्तीय स्रोतबीच सम्पर्क र लगानी मिलानमा सहजीकरण गर्ने, बौद्धिक सम्पत्तिको संरक्षण, दर्ता, मूल्याङ्कन, प्रविधि हस्तान्तरण तथा व्यावसायीकरणमा सहजीकरण गर्ने, उत्पादन विकास, गुणस्तर प्रमाणीकरण, बजार परीक्षण, बजार पहुँच, सार्वजनिक खरिदका अवसर तथा निर्यात प्रवर्द्धनमा सहजीकरण गर्ने, स्टार्टअप उद्यमको विकास अवस्था प्राप्त सेवा उपलब्धि तथा प्रगतिको अभिलेखीकरण, अनुगमन तथा विश्लेषण गर्ने, पोर्टललाई प्रचलित कानूनबमोजिम उद्योग दर्ता, कम्पनी दर्ता, कर दर्ता बौद्धिक सम्पत्ति दर्ता तथा अन्य सम्बन्धित सरकारी विद्युतीय प्रणालीसँग अन्तरआवद्ध गर्न सकिनेछ ।
सरकारले पोर्टलमार्फत विशिष्ट स्टार्टअप पहिचान नम्बर वा डिजिटल परिचय प्रदान गर्ने व्यवस्था गर्न सक्नेछ । तर त्यस्तो परिचयलाई प्रचलित कानूनबमोजिम आवश्यक पर्ने उद्योग दर्ता, कम्पनी दर्ता, अनुमति वा इजाजतपत्रको विकल्प मानिने छैन । पोर्टलमार्फत उपलब्ध गराइने सेवा तथा सुविधामा पहुँच उद्यमको छनोट, मूल्याङ्कन तथा सेवा प्रदायक वा लगानीकर्तासँगको मिलान पारदर्शी, प्रतिस्पर्धात्मक र वस्तुनिष्ठ मापदण्डका आधारमा गरिनेछ ।
पोर्टल सञ्चालन गर्दा व्यक्तिगत विवरण, व्यावसायिक गोपनीयता, बौद्धिक सम्पत्ति तथा विद्युतीय अभिलेखको सुरक्षा प्रचलि कानूनबमोजिम सुनिश्चित गर्नुपर्नेछ । पोर्टलको सञ्चालन तथा व्यवस्थापन गर्ने निकाय, संस्थागत व्यवस्था, सेवा प्रवाह, प्रयोगकर्ता व्यवस्थापन, सूचना सुरक्षा तथा अन्य कार्यविधिगत व्यवस्था नेपाल सरकारले स्वीकृत गरेको कार्यविधिबमोजिम हुनेछ ।
यस्तै दफा ९ पछि ९क थपिएको छ । जसमा ऐनबमोजिम दर्ता भएको उद्योगको स्वीकृत परियोजनाअन्तर्गतका उत्पादन एकाइ वा चरणमध्ये कुनै एकाइ वा चरण स्वतन्त्र रूपमा सञ्चालन गर्न सकिने गरी तयार भएको र त्यस्तो सञ्चालनका लागि प्रचलित कानूनबमोजिम आवश्यक वातावरणीय प्राविधिक, स्वास्थ्य, सुरक्षा तथा अन्य अनिवार्य सर्त पूरा भएको अवस्थामा सम्बन्धित अधिकारप्राप्त निकायले त्यस्तो एकाइ वा चरण सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।
अनुमति माग गर्ने उद्योगले सञ्चालन गर्न प्रस्तावित एकाइ वा चरणको विवरण, उत्पादन क्षमता तथा आवश्यक स्वीकृति र मापदण्ड पूरा गरेको प्रमाणसहित सम्बन्धित निकायमा निवेदन दिनुपर्नेछ। निवेदन र आवश्यक कागजात पूरा भएको मितिले पन्ध्र कार्यदिनभित्र सम्बन्धित निकायले अनुमति दिने वा कारणसहित अनुमति दिन नसकिने निर्णय गर्नुपर्नेछ। चरणबद्ध सञ्चालनको अनुमति दिँदा सञ्चालन गर्न अनुमति दिइएको उत्पादन एकाइ वा चरण, उत्पादन क्षमता तथा पालना गर्नुपर्ने सर्व स्पष्ट उल्लेख गर्नुपर्नेछ।
अनुमति प्राप्त उद्योगले सञ्चालनमा रहेको एकाइ वा चरण र निर्माणाधीन एकाइ वा चरणबीच आवश्यक सुरक्षा व्यवस्थापन कायम गर्नुपर्नेछ । कुनै एकाइ वा चरण सञ्चालन गर्न अनुमति दिइएको आधारमा अन्य एकाइ वा चरण सञ्चालन गर्ने अनुमति प्राप्त भएको मानिने छैन ।
उद्योगले व्यावसायिक उत्पादन प्रारम्भ गर्नुअघि यन्त्र तथा उपकरण, उत्पादन प्रक्रिया, प्राविधिक क्षमता तथा उत्पादनको गुणस्तर परीक्षण गर्न आवश्यक परीक्षण उत्पादन तथा प्रारम्भिक सञ्चालन गर्न सक्नेछ ।
परीक्षण उत्पादन तथा प्रारम्भिक सञ्चालन गर्दा प्रचलित कानूनबमोजिम आवश्यक वातावरणीय, स्वास्थ्य, सुरक्षा, गुणस्तर तथा अन्य अनिवार्य मापदण्ड पालना गर्नुपर्नेछ । चरणबद्ध सञ्चालन तथा परीक्षण उत्पादनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ ।
दफा १० पछि दफा १०क थपिएको छ । उद्योगको प्रकृति, उत्पादन तथा सञ्चालनबाट उत्पन्न हुन सक्ने जोखिम, विगतको कानुनी अनुपालनको अवस्था तथा सार्वजनिक स्वास्थ्य, श्रमिकको सुरक्षा, वातावरण र सार्वजनिक सुरक्षामा पर्न सक्ने प्रभावका आधारमा उद्योगलाई जोखिमको स्तरअनुसार वर्गीकरण गरी नियमित निरीक्षण तथा अनुगमनको प्राथमिकता निर्धारण गरिनेछ ।
उद्योगको नियमित निरीक्षण तथा अनुगमनमा दोहोरोपन कम गर्न सम्बन्धित निकायहरूले सम्भव र उपयुक्त भएसम्म संयुक्त वा समन्वित निमीक्षण तथा अनुगमन गर्नुपर्नेछ । सम्बन्धित निकायहरूले एउटै विषयमा पटकपटक नियमित निरीक्षण गर्नुपर्ने अवस्था न्यूनीकरण गर्न निरीक्षणको कार्ययोजना, प्रतिवेदन तथा आवश्यक विवरण प्रचलित कानूनबमोजिम आपसमा आदानप्रदान गर्नुपर्नेछ। नियमित निरीक्षण गर्दा सम्भव भएसम्म सम्बन्धित उद्योगलाई पूर्वसूचना दिनुपर्नेछ। निरीक्षण सम्पन्न भएपछि निष्कर्ष तथा सुधार गर्नुपर्ने विषयसहितको प्रतिवेदन सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ।
दुर्घटना, गम्भीर जोखिम, उजुरी, सार्वजनिक स्वास्थ्य वा सुरक्षामा तत्काल खतरा उत्पन्न भएको अवस्था वा कसूरको अनुसन्धानका लागि आवश्यक निरीक्षण तथा अनुगमन गर्न यस दफाले बाधा पुर्याएको मानिने छैन।
जोखिम वर्गीकरण तथा संयुक्त निरीक्षणले सम्बन्धित नियामक निकायलाई प्रचलित कानूनबमोजिम प्राप्त अधिकार, जिम्मेवारीमा प्रतिकूल असर पार्ने छैन।
जोखिम वर्गीकरण, निरीक्षणको प्राथमिकता, आवृत्ति तथा अभिलेख व्यवस्थापनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ । निरीक्षणबाट कुनै उद्योगले पालना गर्नुपर्ने प्रशासनिक वा सुधार गर्न सकिने प्राविधिक मापदण्ड पूरा नगरेको पाइएमा सम्बन्धित निकायले उल्लङ्घनको प्रकृति, सुधार गर्नुपर्ने विषय तथा सुधार गर्नुपर्ने मनासिब अवधि स्पष्ट खुलाई सम्बन्धित उद्योगलाई सुधार आदेश दिन सक्नेछ।
उपदफा ८ बमोजिम सुधार आदेश प्राप्त गरेको उद्योगले निर्धारित अवधिभित्र सुधार गरेको प्रमाण पेस गरेमा सम्बन्धित निकायले आवश्यक परीक्षण गरी सुधार भएको वा नभएको निर्णय गर्नुपर्नेछ। तर सार्वजनिक स्वास्थ्य, श्रमिकको जीवन वा सुरक्षा, वातावरण, उपभोक्ताको हित वा सार्वजनिक सुरक्षामा गम्भीर वा तत्काल जोखिम उत्पन्न भएको अवस्थामा सम्बन्धित निकायले प्रचलित कानूनबमोजिम तत्काल आवश्यक कारवाही गर्न सक्नेछ।
निरीक्षण, सुधार आवेश, सुधारको अवस्था तथा कारबाहीसम्बन्धी विवरण सम्बन्धित निकायले विद्युतीय अभिलेखमा राख्नुपर्नेछ। यस दफाबमोजिम सुधार आदेश दिएको कारणले मात्र प्रचलित कानूनबमोजिम गर्नुपर्ने अनिवार्य कारबाही वा पूरा गर्नुपर्ने कानुनी दायित्वबाट छुट प्राप्त भएको मानिने छैन ।
दफा १२ मा संशोधन गरिएको छ । उपदफा १ र २ को सट्टा नयाँ व्यवस्था अनु्सार १ कुनै उद्योगले आफ्नो विद्यमान पुँजी वा उत्पादन क्षमतामा वृद्धि वा हेरफेर गरेमा वा उद्देश्य थप परिवर्तन वा हेरफेर गरेमा त्यस्तो वृद्धि, धप, परिवर्तन वा हेरफेर भएको मितिले तीस दिनभित्र तोकिएबमोजिमको विवरणसहित उद्योग दर्ता गर्ने निकायलाई जानकारी दिनुपर्नेछ।
तर त्यस्तो वृद्धि, अप, परिवर्तन वा हेरफेर गर्नुअघि प्रचलित कानूनबमोजिम वातावरणीय स्वीकृति, विदेशी लगानी स्वीकृति, क्षेत्रगत अनुमति वा अन्य पूर्वस्वीकृति आवश्यक पर्ने भएमा सम्बन्धित अधिकारप्राप्त निकायबाट त्यस्तो स्वीकृति वा अनुमति प्राप्त गरेपछि मात्र सो कार्य गर्नुपर्नेछ।
यस उपदफाबमोजिम जानकारी दिएको कारणले मात्र प्रचलित कानूनबमोजिम आवश्यक पर्ने पूर्वस्वीकृति, अनुमति वा अनिवार्य परीक्षण प्राप्त भएको मानिने छैन।”
जानकारी प्राप्त भएपछि उद्योग दर्ता गर्ने निकायले आवश्यक विवरण पूरा भएको देखिएमा सात दिनभित्र उद्योगको अभिलेख अद्यावधिक गरी सोको जानकारी सम्बन्धित उद्योगलाई दिनुपर्नेछ । त्यस्तो परिवर्तनका कारण उद्योगको वर्गीकरण परिवर्तन हुने भएमा सोसमेत अभिलेख तथा उद्योग दर्ता प्रमाणपत्रमा जनाउनुपर्नेछ।
उपदफा ४ पछि ५,६ र ७ थपिएका छन् । उद्योगले आफ्नो दर्ता भएको उद्देश्यभित्र रही उत्पादनको विविधीकरण, उत्पादन प्रक्रिया सुधार, प्रविधि स्तरोन्नति वा यन्त्र तथा उपकरण परिवर्तन गर्न सक्नेछ। त्यस्तो परिवर्तनका कारण उद्योगको दर्ता भएको उद्देश्य वा वर्गीकरण परिवर्तन नहुने र प्रचलित कानूनबमोजिम पूर्वस्वीकृति आवश्यक नपर्ने भएमा उद्योग दर्ता गर्ने निकायको पूर्वस्वीकृति लिनुपर्ने छैन ।
६ उपदफा ५ बमोजिम गरिएको परिवर्तनका कारण उद्योगको दर्ता अभिलेखमा रहेको विवरण परिवर्तन हुने भएमा उद्योगले त्यस्तो परिवर्तन गरेको तीस दिनभित्र उद्योग दर्ता गर्ने निकायलाई जानकारी दिनुपर्नेछ। त्यस्तो जानकारी प्राप्त भएपछि उद्योग दर्ता गर्ने निकायले सम्बन्धित विवरण अद्यावधिक गर्नुपर्नेछ।
यस दफाबमोजिम गरिएको परिवर्तनका कारण प्रचलित कानूनबमोजिम आवश्यक पर्ने वातावरणीय अध्ययन, क्षेत्रगत अनुमति, प्राविधिक परीक्षण वा अन्य कानुनी दायित्वबाट छुट प्राप्त भएको मानिने छैन ।
दफा १२ क को उपदफामा २ पछि उपदफा ३, ४, ५ र ६ थपिएका छन् ।
३ प्रचलित कानूनबमोजिम छुट्टै नियामकीय स्वीकृति आवश्यक नपर्ने र विदेशी लगानी नभएका एकल स्वामित्व वा साझेदारी फर्मका रूपमा दर्ता भएका उद्योगको स्वामित्व प्रचलित कानूनबमोजिम लिखत पारित वा प्रमाणित गरी हस्तान्तरण वा
परिवर्तन गर्न सकिनेछ। त्यसरी स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा उद्योग दर्ता गर्ने निकायको पूर्वस्वीकृति लिनुपर्ने छैन।
तर त्यस्तो हस्तान्तरण वा परिवर्तन भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उद्योगले पारित वा प्रमाणित लिखतसहित उद्योग दर्ता गर्ने निकायलाई जानकारी दिनुपर्नेछ।
यसैगरी, स्वामित्व हस्तान्तरणसम्बन्धी लिखतमा उद्योगको सम्पत्ति ऋण तथा अन्य आर्थिक दायित्व, श्रमिक तथा कर्मचारीप्रतिको दायित्व, कर तथा राजस्व वायित्व र विचाराधीन विवादसम्बन्धी विवरण उल्लेख गरी स्वामित्व प्राप्त गर्ने पक्षले आफूमा सर्ने दायित्व स्वीकार गरेको हुनुपर्नेछ।
तर त्यस्तो हस्तान्तरणले हस्तान्तरण गर्ने पक्षको व्यक्तिगत वा अन्य कानुनी दायित्व स्वतः समाप्त भएको मानिने छैन ।
उपदफा ३ र ४ बमोजिमको हस्तान्तरण तथा दायित्व स्वीकारोक्तिबाट कर्मचारी, साहु वा अन्य तेस्रो पक्षको विद्यमान अधिकार घट्ने छैन। निर्माणपूर्व अनुमति, विशेष सुविधा वा सहुलियत हस्तान्तरण हुने अवस्थामा नयाँ धनीको पात्रता सम्बन्धित कानूनबमोजिम परीक्षण गर्नुपर्नेछ।
उपदफा ३ बमोजिम प्राप्त जानकारी तथा लिखत रीतपूर्वक भएको देखिएमा उद्योग दर्ता गर्ने निकायले सात दिनभित्र उद्योगको अभिलेख अद्यावधिक गर्नुपर्नेछ। विदेशी लगानी भएका उद्योग, विशेष अनुमति आवश्यक पर्ने उद्योग तथा कम्पनीको शेयर स्वामित्व हस्तान्तरण वा परिवर्तनसम्बन्धी कार्य सम्बन्धित कानूनबमोजिम हुनेछ।
दफा १३ पछि उद्योगको अस्थायी सञ्चालन स्थगन तथा पुनः सञ्चालन : १ उद्योगले आर्थिक, प्राविधिक, बजारसम्बन्धी, कच्चा पदार्थको अभाव, उपकरण मर्मत, प्रविधि परिवर्तन वा अन्य व्यावसायिक कारणले आफ्नो उत्पादन वा सञ्चालन पूर्ण वा आंशिक रूपमा अस्थायी स्थगन गर्न सक्नेछ ।
उत्पादन वा सञ्चालन अस्थायी स्थगन गरेको उद्योगले स्थगनको कारण, प्रभावित उत्पादन वा सञ्चालनको विवरण र सम्भव भएसम्म अनुमानित अवधि उल्लेख गरी तीस दिनभित्र उद्योग दर्ता गर्ने निकायलाई जानकारी दिनुपर्नेछ। त्यस्तो जानकारीका लागि पूर्वस्वीकृति आवश्यक पर्ने छैन ।
अस्थायी स्थगन गरेको कारणले मात्र उद्योगको दर्ता खारेज हुने वा पुनः सञ्चालन गर्न नयाँ वर्ता लिनुपर्ने छैन । उद्योगले प्रचलित कानूनबमोजिम आवश्यक सुरक्षा, वातावरणीय प्राविधिक तथा अन्य अनिवार्य मापदण्ड पूरा गरी पुनः सञ्चालन गर्न सक्नेछ। पुनः सञ्चालनका लागि प्रचलित कानूनबमोजिम नयाँ अनुमति, नवीकरण, उपकरण परीक्षण वा प्राविधिक निरीक्षण आवश्यक पर्ने भए त्यस्तो प्रक्रिया पूरा गर्नुपर्नेछ।
अस्थायी स्थगन वा पुनः सञ्चालनका लागि पहिले पेस गरिएका विवरण तथा कागजात पुनः पेस गर्नुपर्ने छैन। तर अद्यावधिक वा पुनः परीक्षण गर्नुपर्ने विवरण माग गर्न बाधा पर्ने छैन । उत्पादन वा सञ्चालन स्थगन गरेको कारणले श्रमिकको हकहित, कर, वातावरणीय दायित्व, ऋण, करार तथा अन्य कानुनी दायित्वबाट छुट प्राप्त भएको मानिने छैन ।
प्रचलित कानूनबमोजिम उद्योगको दर्ता खारेज गर्ने, सञ्चालन रोक्का गर्ने वा अन्य कानुनी कारबाही गर्ने अधिकारमा यस दफाले बाधा पुर्याएको मानिने छैन। उद्योगको अस्थायी सञ्चालन स्थगन तथा पुनः सञ्चालनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
यसैगरी, दफा १६ पछि विद्युतीय प्रणाली अवरुद्ध हुँदा वैकल्पिक सेवा प्रवाह : १ उद्योग दर्ता, नवीकरण, अनुमति, स्वीकृति, विवरण अद्यावधिक वा अन्य प्रशासनिक सेवा प्रदान गर्ने विद्युतीय प्रणाली प्राविधिक कारणले अवरुद्ध भएमा सम्बन्धित निकायले वैकल्पिक माध्यमबाट निवेदन तथा कागजात स्वीकार गरी दर्ता गर्नुपर्नेछ र निवेदन प्राप्त भएको मिति र समय खुलेको निस्सा उपलब्ध गराउनुपर्नेछ।
वैकल्पिक माध्यमबाट दर्ता भएको निवेदनलाई विद्युतीय प्रणालीमार्फत दर्ता भएको निवेदनसरह कानुनी मान्यता दिइनेछ र सोही मितिबाट निर्णय गर्नुपर्ने समयसीमा गणना गरिनेछ।
विद्युतीय प्रणाली अवरुद्ध भएको कारणले सेवाग्राहीले कानुनबमोजिमको समयसीमाभित्र निवेदन पेस गर्न नसकेको अवस्थामा त्यस्तो अवरोधको प्रमाणित अवधि निवेदन पेस गर्ने समयसीमा गणना गर्दा समावेश गरिने छैन।
विद्युतीय प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित निकायले वैकल्पिक माध्यमबाट प्राप्त निवेदन तथा कागजात यथाशीघ्र प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। यस प्रयोजनका लागि सेवाग्राहीलाई पुनः निवेदन पेस गर्न लगाइने छैन
वैकल्पिक माध्यमबाट निवेदन दर्ता भएको कारणले मात्र आवश्यक योग्यता, मापदण्ड सर्त वा अन्य कानुनी दायित्वमा छुट दिएको मानिने छैन।
वैकल्पिक सेवा प्रवाह, समयसीमा गणना तथा अभिलेख व्यवस्थापनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
यसैगरी, दफा १७ मा उपदफा ५ प्रचलित वन कानूनबमोजिम दर्ता भएका सामुदायिक वन उपभोक्ता समूह वा कबुलियती वन उपभोक्ता समूहले प्रचलित वन कानून तथा स्वीकृत कार्ययोजनाबमोजिम सञ्चालन गर्न पाउने वन पैदावारमा आधारित वा अन्य उद्योग सम्बन्धित उपभोक्ता समूहको नाममा दर्ता गराउन सक्नेछन्।
उद्योग सञ्चालन हुने स्थान तत्काल निश्चित नभएको वा उद्योगको प्रकृतिका कारण स्थायी सञ्चालनस्थल आवश्यक नपर्ने भएमा उपभोक्ता समूहको कार्यालय रहेको ठेगाना उल्लेख गरी उद्योग दर्ता गर्न सकिनेछ। तर उद्योग दर्ता भएको आधारमा वन क्षेत्र प्रयोग, वन पैदावार सङ्कलन, ओसारपसार, बिक्री वितरण वा अन्य अनुमति प्राप्त भएको मानिने छैन।
प्रचलित कानूनबमोजिम भूमिहीन वा सुकुम्बासीको रूपमा पहिचान भएका वा सम्बन्धित स्थानीय तहले तोकिएको मापदण्डबमोजिम त्यस्तो अवस्थाको प्रमाणित विवरण उपलब्ध गराएका नेपाली नागरिकले लघु, घरेलु वा साना उद्योग दर्ता गर्न चाहेमा जग्गाधनी प्रमाणपुर्जा नभएको कारणले मात्र उद्योग दर्ता गर्न इन्कार गरिने छैन।
त्यस्तो उद्योग दर्ता गर्दा सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा आवेदकको बसोबासको ठेगाना उल्लेख गर्न सकिनेछ। तर उद्योग दर्ता भएको आधारमा सरकारी, सार्वजनिक वा वन क्षेत्रको जग्गामा स्वामित्व, भोगाधिकार वा उद्योग सञ्चालन गर्ने अधिकार भएको मानिने छैन। जग्गाको विवाद, निषेधित भूउपयोग, वातावरणीय प्रभाव वा क्षेत्रगत अनुमति आवश्यक पर्ने अवस्थामा सो विषयको कानूनबमोजिमको परीक्षण र स्वीकृति पूरा नगरी उद्योग सञ्चालन गर्न पाइने छैन। ”
यसैगरी,उपदफा १ को सट्टा आयकर सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनबमोजिम दर्ता भएका उद्योगले आयकर ऐन, २०५८ बमोजिम प्राप्त गर्ने छुट, सुविधा वा सहुलियतका अतिरिक्त यस दफाबमोजिमका आयकर छुट, सुविधा वा सहुलियतसमेत प्राप्त गर्नेछन्। तर एउटै आयमा समान प्रकृतिको आयकर छुट उद्योगलाई बढी लाभदायक हुने छुट सुविधा वा ख उपदफा ४ को सट्टा देहायको उपदफा सुविधा वा सहुलियत दोहोरो हुने गरी प्रदान गरिने छैन। त्यस्तो अवस्थामा सम्बन्धित सहुलियत प्रदान गरिनेछ।
यसैगरी, कुनै उद्योगले एउटै आयको सम्बन्धमा यस दफा तथा आयकर ऐन, २०५८ को दफा ११ बमोजिम एकभन्दा बढी समान प्रकृतिका आयकर छुट वा सुविधा प्राप्त गर्न सक्ने अवस्था भएमा त्यस्तो उद्योगले आफूलाई बढी अनुकूल हुने कुनै एक छुट वा सुविधा रोजी उपयोग गर्न सक्नेछ । तर एउटै आयमा समान प्रकृतिका छुट वा सुविधा एकभन्दा बढी पटक गणना वा उपयोग गर्न पाइने छैन।
यस उपदफाको व्यवस्थाले आयकर ऐन, २०५८ बमोजिम छुट्टै रूपमा कट्टी गर्न पाउने वास्तविक व्यावसायिक खर्च ह्रासकट्टी वा अन्य कानुनी कट्टीको अधिकारमा असर पार्ने छैन।
उपदफा ४ पछि उपदफा ४क,ख, ४ र ४ थपिएका छन् । उपदफा ४क मा आयकर ऐन, २०५८ को दफा ११ बमोजिमको छुट वा सुविधा कार्यान्वयन गर्दा उद्योगको दर्ता, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ भएको मिति, लगानीको प्रकृति, उद्योगको वर्गीकरण, छुट वा सुविधाको अवधि तथा सम्बन्धित कानूनमा निर्धारित सर्तलाई आधार लिइनेछ ।
उपदफा ४ख प्रचलित कानूनबमोजिम निश्चित अवधिका लागि आयकर छुट वा सुविधा प्राप्त गरी त्यस्तो सुविधा उपयोग गर्न प्रारम्भ गरिसकेको उद्योगको हकमा कानूनबमोजिम अन्यथा स्पष्ट व्यवस्था गरिएको बाहेक त्यस्तो सुविधाको बाँकी अवधि तथा प्राप्त गर्न बाँकी सुविधा कायम रहनेछ।
यसैगरी, ४ग यस दफाबमोजिम प्रदान गरिने आयकर छुट वा सुविधाको दर, अवधि, गणना, उपयोग तथा अन्य करसम्बन्धी विषय आयकर ऐन, २०५८ बमोजिम हुनेछ। यस दफामा उल्लेख भएको छुट वा सुविधाको कार्यान्वयन गर्दा आयकर ऐन, २०५८ सँग सामञ्जस्य कायम गर्नुपर्नेछ। यस दफामा उल्लेख भएको कुनै व्यवस्थाको आधारमा मात्र आयकर ऐन, २०५८ बमोजिम उपलब्ध नभएको अतिरिक्त कर छुट वा सुविधा प्राप्त भएको मानिने छैन।”
प्रचलित कानूनबमोजिम दर्ता भई विदेशी पर्यटकलाई सेवा प्रदान गरी परिवर्त्य विदेशी मुद्रा आर्जन गर्ने पर्यटन उद्योगलाई यस ऐनको प्रयोजनका लागि निर्यातमुखी सेवा उद्योगको मान्यता दिन सकिनेछ । तर त्यस्तो मान्यता प्राप्त भएको कारणले मात्र आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल वा अन्य करमा स्वतः छुट प्राप्त हुने छैन। त्यस्तो छुट वा सुविधा सम्बन्धित कर तथा महसुल कानूनबमोजिम हुनेछ।
क उपदफा १ को प्रारम्भिक वाक्यांशको सट्टा यस ऐनबमोजिम दर्ता भएका उद्योगलाई प्रचलित भन्सारसम्बन्धी कानून तथा यस दफाबमोजिम देहायका भन्सार महसुल छुट सुविधा वा सहुलियत उपलब्ध गराइनेछः ”
ख उपदफा १ को खण्ड क को सट्टा देहायको खण्ड क राखिएको छः
“क बण्डेड वेयरहाउस वा नगद धरौटी पासबुक को सुविधा नलिएका उद्योगले निर्यात गरेको वस्तुको उत्पादनमा प्रयोग भएका पैठारीका कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीमा तिरेको भन्सार महसुल तोकिएको मापदण्डबमोजिम ड्युटी ड्र व्याकको रूपमा फिर्ता पाउनेछन्। त्यस्तो रकम फिर्ताका लागि अर्थ मन्त्रालयले आवश्यक दर निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नेछ। दर निर्धारण नभएको अवस्थामा वास्तविक पैठारी, महसुल भुक्तानी, उत्पादनमा खपत तथा निर्यातको प्रमाणका आधारमा तोकिएबमोजिम रकम फिर्ता गर्न सकिनेछ।”
ग उपदफा १ को खण्ड क पछि देहायको खण्ड क१ थपिएको छ । “क१ बण्डेड वेयरहाउस वा नगद धरौटी पासबुक को सुविधा प्राप्त उद्योगले त्यस्तो सुविधाअन्तर्गत समावेश गर्न नसकिएका कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा प्याकेजिङ सामग्री भन्सार महसुल तिरी पैठारी गरी निर्यात हुने वस्तुको उत्पादनमा प्रयोग गरेको भएमा त्यस्तो सामग्रीमा वास्तविक रूपमा तिरेको भन्सार महसुलको शतप्रतिशत रकम फिर्ता पाउनेछ। तर एउटै सामग्री वा कारोबारमा बण्डेड वेयरहाउस, नगद धरौटी, ड्युटी ड्र व्याक वा अन्य समान प्रकृतिको भन्सार सुविधा दोहोरो हुने गरी प्रदान गरिने छैन ।
घ उपदफा १ को खण्ड घ मा रहेका ” एक तह” भन्ने शब्दहरूको सट्टा “दुई तह” भन्ने शब्दहरू राखिएका छन्। ङ उपदफा १ पछि देहायको उपदफा १क तथा १ख थपिएको छ:- “१क नेपालभित्रै परिवर्त्य विदेशी मुद्रामा आफ्नो उत्पादन बिक्री गर्ने उद्योगको त्यस्तो कारोबार प्रचलित कानूनबमोजिम निर्यातसरह मान्यता प्राप्त कारोबार भएको अवस्थामा सो उत्पादनमा प्रयोग भएका पैठारीका कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीमा तिरेको भन्सार महसुल तोकिएको मापदण्डबमोजिम फिर्ता गरिनेछ । तर विदेशी मुद्रामा भुक्तानी प्राप्त भएकै आधारमा कुनै आन्तरिक बिक्रीलाई निर्यात भएको मानिने छैन।
१ख यस दफाबमोजिम भन्सार महसुल फिर्ता वा अन्य समान प्रकृतिको सुविधा प्राप्त गर्ने उद्योगले सो सुविधासँग सम्बन्धित पैठारी, महसुल भुक्तानी, कच्चा पदार्थको खपत, उत्पादन तथा निर्यातसम्बन्धी अभिलेख प्रचलित कानूनबमोजिम राख्नुपर्नेछ । एउटै पैठारी, सामग्री वा कारोबारका सम्बन्धमा भन्सार महसुल फिर्ता, बण्डेड वेयरहाउस, नगद धरौटी वा अन्य समान प्रकृतिको सुविधा दोहोरो हुने गरी प्रदान गरिने छैन। भन्सार महसुल फिर्ताको निवेदन प्रमाण परीक्षण, निर्णय तथा भुक्तानीसम्बन्धी प्रक्रिया प्रचलित भन्सारसम्बन्धी कानूनबमोजिम हुनेछ।”
१९ दफा २७ मा संशोधन क उपदफा १, ३ र ४ मा रहेका “मात्र” भन्ने शब्दहरू झिकिएका छन् । ख उपदफा ४ पछि उपदफा ५ र ६ थपिएका छन् । ५ यस दफाको प्रयोजनका लागि ‘महिला उद्यमीको स्वामित्व रहेको उद्योग’ भन्नाले क एकल स्वामित्वको फर्मको हकमा महिलाको स्वामित्वमा रहेको उद्योग, ख साझेदारी फर्मको हकमा कुल पुँजीको कम्तीमा एकाउन्न प्रतिशत महिलाको स्वामित्वमा रहेको र प्रमुख व्यावसायिक निर्णय तथा व्यवस्थापनमा महिलाको प्रभावकारी नियन्त्रण रहेको उद्योग, ग कम्पनीको हकमा जारी तथा चुक्ता पुँजीको कम्तीमा एकाउन्न प्रतिशत शेयर महिलाको स्वामित्वमा रहेको र प्रमुख व्यावसायिक निर्णय तथा व्यवस्थापनमा महिलाको प्रभावकारी नियन्त्रण रहेको उद्योग र ६ यस दफाबमोजिम सुविधा प्राप्त गर्ने उद्योगले उपदफा ५ बमोजिमको स्वामित्व तथा नियन्त्रणसम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्नेछ। त्यस्तो मापदण्ड पूरा नभएमा सम्बन्धित उद्योगले सोको जानकारी उद्योग दर्ता गर्ने निकायलाई दिनुपर्नेछ।
महिला स्वामित्व तथा नियन्त्रणको प्रमाणीकरण, अभिलेखीकरण र सुविधाको निरन्तरतासम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।
दफा २९ को खण्ड ण पछि खण्ड १ धपिएको छ । १ यस ऐनबमोजिम दर्ता भएका स्टार्टअप उद्यम वा व्यवसायलाई प्रवर्द्धन गर्न नेपाल सरकारले स्वीकृत परियोजना प्रस्ताव, व्यवसायको सम्भाव्यता, अपेक्षित नगद प्रवाह, बौद्धिक सम्पत्ति वा कर्जा सुरक्षण कोषको सुरक्षणका आधारमा तोकिएको सीमासम्म धितोबिना वा वैकल्पिक सुरक्षणमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गर्न सक्ने । यस प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले प्रचलित कानूनबमोजिम बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन जारी गर्न सक्ने । स्टार्टअप उद्यम वा व्यवसायको विकास तथा विस्तारका लागि प्रचलित कानूनबमोजिम जोखिम पुँजी, बीज पुँजी तथा अन्य वैकल्पिक वित्तीय लगानी परिचालन गर्न सकिने । ”
२१ दफा ३० पछि दफा थप दफा ३० पछि दफा ३०क थपिएको छ। ३०क. औद्योगिक जग्गा तथा पूर्वाधारको एकीकृत उपलब्धता प्रणालीमाको १ नेपाल सरकारले उद्योग स्थापना, सञ्चालन तथा विस्तारका लागि उपलब्ध औद्योगिक क्षेत्र, औद्योगिक ग्राम, औद्योगिक क्लस्टर, विशेष आर्थिक क्षेत्र, औद्योगिक करिडोर तथा अन्य उपयुक्त औद्योगिक जग्गा र पूर्वाधारको पहिचान, सूचना उपलब्धता तथा उपयोगमा सहजीकरण गर्न एकीकृत विद्युतीय प्रणाली स्थापना तथा सञ्चालन गर्नेछ। २ प्रणालीमा औद्योगिक प्रयोजनका लागि उपलब्ध गराउन सकिने जग्गाको स्थान, क्षेत्रफल, स्वामित्व, भोगाधिकार, उपयोगको अवस्था उपलब्धता, लिज वा अन्य माध्यमबाट उपयोग गर्न सकिने सर्त तथा सडक, विद्युत्, पानी, ढल निकास दरसञ्चार लगायतका आधारभूत पूर्वाधारसम्बन्धी विवरण समावेश गरिनेछ ।
३ सम्बन्धित सरकारी निकायले आफ्नो अधिकारक्षेत्रभित्रका औद्योगिक जग्गा तथा पूर्वाधारसम्बन्धी विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्नेछ। ४ उद्योग स्थापना वा विस्तार गर्न चाहने व्यक्तिले प्रणालीमार्फत जग्गा तथा पूर्वाधारको जानकारी प्राप्त गर्न र सम्बन्धित निकायसमक्ष विद्युतीय माध्यमबाट निवेदन दिन सक्नेछ। ५ यस प्रणालीलाई सार्वजनिक-निजी साझेदारी तथा लगानीसम्बन्धी प्रचलित कानूनबमोजिम सञ्चालित एकीकृत लगानी सहजीकरण प्रणालीसँग अन्तरआवद्ध गरिनेछ । ६ प्रणालीमा कुनै जग्गा वा पूर्वाधारको विवरण समावेश भएको आधारमा मात्र स्वामित्व, भोगाधिकार, लिज अधिकार, उपयोग अनुमति, वातावरणीय स्वीकृति वा अन्य कानुनी स्वीकृति प्राप्त भएको मानिने छैन। ७ प्रणालीको सञ्चालन, समन्वय विवरण अद्यावधिक तथा अभिलेख व्यवस्थापनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
यसैगरी, २२ दफा ३० क पछि दफा थप गरिएको छ । “३०ख स्वदेशी औद्योगिक कच्चा पदार्थको उपलब्धता तथा आपूर्ति शृङ्खला सहजीकरण : १ नेपाल सरकारले स्वदेशी औद्योगिक कच्चा पदार्थको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, डुवानी तथा आपूर्ति शृङ्खला विकास गरी उद्योगलाई आवश्यक कच्चा पदार्थको सहज नियमित तथा प्रतिस्पर्धात्मक उपलब्धताका लागि आवश्यक सहजीकरण गर्नेछ।
२ सहजीकरण गर्दा कृषि, वन, खनिज तथा अन्य स्वदेशी स्रोतमा आधारित कच्चा पदार्थको दिगो उपयोग, उत्पादक र उद्योगबीच प्रत्यक्ष आपूर्ति सम्बन्ध, करारमा आधारित उत्पादन तथा आपूर्ति, गुणस्तर सुधार र मूल्य अभिवृद्धिलाई प्राथमिकता दिइनेछ। ३ नेपाल सरकारले प्रदेश सरकार सङ्कलन केन्द्र, प्रशोधन सुविधा, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी कच्चा पदार्थको उपलब्धता, उत्पादन क्षेत्र, भण्डारण तथा डुवानीसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन सक्नेछ।
४ कच्चा पदार्थको सङ्कलन, प्राथमिक प्रशोधन, गुणस्तर परीक्षण, भण्डारण, चिस्यान व्यवस्थापन तथा डुवानीका लागि आवश्यक साझा पूर्वाधार सार्वजनिक, निजी वा सार्वजनिक-निजी साझेदारीमार्फत विकास तथा सञ्चालन गर्न वा गराउन सकिनेछ ।
५ उद्योगले प्रचलित कानूनबमोजिम कच्चा पदार्थ उत्पादक, सकलक, आपूर्तिकर्ता वा उत्पादक समूहसँग उत्पादन, तथा आपूर्तिसम्बन्धी करार गर्न सक्नेछ ।
खरिद,
प्रशोधनमा ६ यस दफाबमोजिम सहजीकरण गर्दा प्रचलित कानूनबमोजिम आवश्यक स्रोत उपयोग अनुमति, वातावरणीय स्वीकृति, गुणस्तर, सुरक्षा तथा अन्य कानुनी मापदण्ड पालना गर्नुपर्नेछ ।
७ आपूर्ति शृङ्खला विकास तथा सहजीकरणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
२३ दफा ३०ख पछि दफा थप दफा ३०ग थपिएको छ । ३०ग मा औद्योगिक सहउत्पादन तथा उपउत्पादनको उपयोग : १ उद्योगले उत्पादन प्रक्रियाबाट प्राप्त उपयोगयोग्य सहउत्पादन तथा उपउत्पादनलाई प्रचलित कानूनबमोजिम पुनः उपयोग, प्रशोधन, बिक्री वा हस्तान्तरण गर्न वा अन्य उद्योगको कच्चा पदार्थका रूपमा उपयोग गर्न वा गराउन सक्नेछ। २ प्रचलित कानूनबमोजिम छुट्टै अनुमति वा स्वीकृति आवश्यक नपर्ने भएमा त्यस्तो उपयोग, बिक्री वा हस्तान्तरणका लागि य ऐनबमोजिम थप अनुमति लिनुपर्ने छैन । ३ नेपाल सरकारले सहउत्पादन तथा उपउत्पादनको पुनः उपयोग, प्रशोधन, उद्योगबीच आदानप्रदान तथा मूल्य अभिवृद्धि प्रवर्द्धन गर्न आवश्यक सहजीकरण गर्न सक्नेछ । ४ हानिकारक जोखिमयुक्त वा विशेष व्यवस्थापन आवश्यक पर्ने फोहोरका रूपमा वर्गीकृत पदार्थको सङ्कलन, भण्डारण, ढुवानी, प्रशोधन, पुनः उपयोग तथा व्यवस्थापन सम्बन्धित कानूनबमोजिम हुनेछ । ५ सहउत्पादन तथा उपउत्पादनको उपयोग, बिक्री वा हस्तान्तरण गर्दा लागू हुने गुणस्तर, स्वास्थ्य, सुरक्षा, वातावरणीय तथा अन्य अनिवार्य मापदण्ड पालना गर्नुपर्नेछ । ६ यससम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
२४ दफा ३१ पछि दफा थप ३१क थपिएको छ । ३१क औद्योगिक प्रवर्द्धनात्मक सहायता तथा प्रोत्साहनको प्रभावकारिता मूल्याङ्कनको १ नेपाल सरकारले यस ऐनबमोजिम प्रदान गरिने औद्योगिक प्रवर्द्धनात्मक सहायता तथा प्रोत्साहनको प्रभावकारिता मूल्याङ्कन गर्दा वास्तविक उत्पादन, रोजगारी सिर्जना, स्वदेशी मूल्य अभिवृद्धि, निर्यात, उत्पादन लागत न्यूनीकरण, प्रविधि स्तरोन्नति, ऊर्जा दक्षता तथा उत्पादकत्व अभिवृद्धिसमेतका उपलब्धिलाई आधार लिन सक्नेछ।
२ मूल्याड्कनका आधारमा नेपाल सरकारले आगामी औद्योगिक प्रवर्द्धनात्मक कार्यक्रम तथा प्रोत्साहनको प्राथमिकता, स्वरूप र कार्यान्वयन प्रक्रियामा आवश्यक सुधार गर्न सक्नेछ।
३ प्रचलित कानूनबमोजिम उद्योगलाई प्राप्त भएको कर, भन्सार वा अन्य कानुनी छुट सुविधा तथा सहुलियत यस दफाबमोजिमको मूल्याङ्कनका आधारमा मात्र कटौती, स्थगन वा खारेज गर्न सकिने छैना
४ मूल्याङ्कन प्रतिवेदन तथा अनुगमनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
क दफा ३२ को उपदफा ६ मा रहेका “पचास प्रतिशत ” भन्ने शब्दहरूको सट्टा “उद्योगको स्थापना, निर्माण, सञ्चालन वा क्षमता विस्तार र निर्यात प्रवर्द्धनसम्बन्धी आयोजनामा ऋणको प्रयोजनका लागि त्यस्तो जग्गाको शतप्रतिशतसम्म ” भन्ने शब्दहरू राखिएका छन्। ख उपदफा ६ पछि देहायको उपदफा ६ थपिएको छ । ६क उपदफा ६ बमोजिम धितो राखिएको जग्गाबाट ऋण असुली गर्नुपर्ने भएमा प्रचलित बैंक तथा वित्तीय संस्था, सुरक्षित कारोबार तथा भूमिसम्बन्धी कानूनबमोजिम धितो कार्यान्वयन गर्न सकिनेछ।
तर त्यस्तो जग्गाको स्वामित्व हस्तान्तरण गर्दा भूमिसम्बन्धी प्रचलित कानूनबमोजिमको हदबन्दी तथा जग्गाको उपयोगसम्बन्धी व्यवस्था पालना गर्नुपर्नेछ।
उद्योगलाई औद्योगिक प्रयोजनका लागि प्रदान गरिएको हदबन्दीभन्दा बढी जग्गा राख्ने सुविधा धितो कार्यान्वयन भएको कारणले मात्र ऋणदाता वा जग्गा प्राप्त गर्ने अन्य व्यक्तिमा स्वतः हस्तान्तरण भएको मानिने छैना
धितो कार्यान्वयनबाट प्राप्त जग्गाको स्वामित्व वा उपयोगसम्बन्धी विषय प्रचलित भूमिसम्बन्धी कानूनबमोजिम व्यवस्थापन गर्नुपर्नेछ।
२६ दफा ३८ मा संशोधनमा उपदफा ६ थपिएको छ । ६ यस दफाबमोजिम एकल बिन्दु सेवा केन्द्रबाट प्रदान गरिने उद्योग दर्ता, नवीकरण, विस्तार, क्षमता वृद्धि, अनुमति, स्वीकृति, सहमति, सिफारिस लगायतका औद्योगिक प्रशासनसम्बन्धी सेवाहरू सार्वजनिक-निजी साझेदारी तथा लगानीसम्बन्धी प्रचलित कानूनबमोजिम सञ्चालित एकीकृत लगानी सहजीकरण प्रणालीसँग अन्तरआवद्ध गरी उपलब्ध गराउनुपर्नेछ ।
यसरी सेवा प्रवाह गर्दा क मा एकीकृत प्रणालीमार्फत पेस भएको निवेदन तथा कागजात सम्बन्धित निकायले स्वीकार गर्नुपर्ने छ । ख मा सम्बन्धित निकायले प्रचलित कानूनबमोजिमको समयसीमाभित्र निर्णय गरी जानकारी उपलब्ध गराउनुपर्नेछ, अपुग विवरणको सूचनामा प्रत्येक विवरणको आवश्यकता र कानूनी आधार एकमुष्ट खुलाउनुपर्नेछ। मागिएको विवरण प्राप्त भएपछि पहिले नै उपलब्ध तथ्यका आधारमा नयाँ माग थपेर निर्णयको समयसीमा पुनः प्रारम्भ गर्न पाइने छैन। नयाँ तथ्य वा कानूनबमोजिम आवश्यक परीक्षणका कारण थप विवरण माग्नुपरेमा कारण खुलाउनुपर्नेछ।
ग मा सरकारी निकायको विद्युतीय अभिलेखमा उपलब्ध र कानूनबमोजिम प्राप्त तथा प्रमाणीकरण गर्न सकिने विवरण वा कागजात पुनः पेस गर्न लगाइने छैन । घ मा निवेदनको अवस्था, थप विवरणको माग तथा निर्णयसम्बन्धी सूचना एकीकृत प्रणालीमार्फत उपलब्ध गराउनुपर्नेछ, अस्वीकृतिको सूचनामा निर्णयको कानूनी तथा तथ्यगत आधार र उपलब्ध पुनरावलोकन वा पुनरावेदनको निकाय तथा म्याद खुलाउनुपर्नेछ। समयसीमाभित्र निर्णय नभएमा निवेदकले सम्बन्धित निकायको कानूनबमोजिमको अनुगमन वा उजुरी सुन्ने अधिकारीसमक्ष निवेदन दिन सक्नेछ। त्यस्तो निवेदनको दर्ता र कारबाहीको अवस्था प्रणालीमा देखाउनुपर्नेछ ।
ङ मा सम्बन्धित निकायको कानूनबमोजिमको निर्णय गर्ने अधिकारक्षेत्र तथा आवश्यक परीक्षण वा निरीक्षण गर्ने अधिकार यथावत् रहनेछ, आफ्नो अधिकारक्षेत्रभित्रको निर्णय गर्न कानूनले आवश्यक नगरेको अर्को निकायको सहमतिलाई अतिरिक्त सर्त बनाउन पाइने छैन । प्रणालीमा निर्णय अधिकार, आवश्यक प्रमाण समयसीमा र जिम्मेवार पदाधिकारीको विवरण सार्वजनिक गर्नुपर्नेछ। अभिलेख आदानप्रदान गर्दा गोपनीयता, व्यक्तिगत विवरणको संरक्षण, पहुँच नियन्त्रण र गलत अभिलेख सच्याउने व्यवस्था कायम गर्नुपर्नेछ। यस व्यवस्थाले प्रदेश वा स्थानीय तहको संवैधानिक वा कानूनी अधिकार परिवर्तन गर्ने छैन ।
च मा प्रणालीको अन्तरआवद्धता, विद्युतीय अभिलेख आदानप्रदान, सूचना सुरक्षा तथा सेवा प्रवाहसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ । दफा ३८ पछि दफा ३८क थपिएको छ, १३८क औद्योगिक प्रशासनिक सेवामा समयबद्ध निर्णय तथा जवाफदेहिताः १ उद्योग दर्ता, नवीकरण, विवरण अद्यावधिक, सिफारिस, अनुमति, स्वीकृति वा अन्य प्रशासनिक सेवा प्रदान गर्ने सम्बन्धित निकायले प्रचलित कानूनबमोजिम निर्धारित समयसीमाभित्र निर्णय गरी सेवाग्राहीलाई जानकारी गराउनुपर्नेछ ।
प्रचलित कानूनमा समयसीमा निर्धारण नभएको अवस्थामा आवश्यक विवरण तथा कागजात पूरा भएको मितिले पन्न कार्यदिनभित्र निर्णय गर्नुपर्नेछ। ३ निवेदनमा कुनै विवरण वा कागजात अपुग भए सम्बन्धित निकायले निवेदन प्राप्त भएको मितिले पाँच कार्यदिनभित्र अपुग विवरण वा कागजात स्पष्ट उल्लेख गरी सम्भव भएसम्म एकैपटक माग गर्नुपर्नेछ । ४ निर्धारित समयसीमाभित्र निर्णय गर्न नसक्ने भए कारण उल्लेख गरी समयसीमा समाप्त हुनुअघि सेवाग्राहीलाई जानकारी गराउनुपर्नेछ। सामान्य अवस्थामा थप अवधि सात कार्यदिनभन्दा बढी हुने छैन। ५ थप अवधिभित्र समेत निर्णय हुन नसके सम्बन्धित निकायले कारणसहित माथिल्लो निकायमा प्रतिवेदन पेस गर्नुपर्नेछ । ६ सेवाग्राहीले निवेदनको अवस्था, अपुग कागजात, निर्णयको समयसीमा तथा अन्तिम निर्णयसम्बन्धी जानकारी विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ।
७ निर्धारित समयसीमाभित्र निर्णय नभएको कारणले मात्र आवश्यक अनुमति वा स्वीकृति स्वतः प्राप्त भएको मानिने छैन। ८ मनासिब कारणबिना बारम्बार समयसीमा उल्लङ्घन भएको पाइएमा सम्बन्धित पदाधिकारीको जवाफदेहिता प्रचलित कानूनबमोजिम निर्धारण गरिनेछ। ९ समयबद्ध सेवा प्रवाह तथा अभिलेख व्यवस्थापनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ। ”
दफा ३८क पछि देहायको दफा ३८ख थपिएको छ। “३८ख. विवरण तथा कागजात पुनः पेस गर्नुपर्ने बाध्यता हटाउने : १ सरकारी निकायमा पेस गरेको वा सरकारी अभिलेखमा उपलब्ध रहेको विवरण वा कागजात सम्बन्धित निकायले विद्युतीय प्रणाली वा अन्य आधिकारिक माध्यमबाट प्राप्त वा सत्यापन गर्न सक्ने भएमा सेवाग्राहीलाई त्यस्तो विवरण वा कागजात पुनः पेस गर्न लगाइने छैन। २ त्यस्तो विवरण वा कागजात प्राप्त वा सत्यापन गर्ने जिम्मेवारी सेवा प्रदान गर्ने सम्बन्धित निकायको हुनेछ।
३ सरकारी निकायहरूले आवश्यक विवरण तथा कागजात सुरक्षित विद्युतीय माध्यमबाट आदानप्रदान तथा सत्यापन गर्न सक्ने गरी आफ्ना सूचना प्रणाली अन्तरआवद्ध गर्ने व्यवस्था मिलाउनुपर्नेछ। ४ मूल कागजात परीक्षण गर्नुपर्ने, विवरण अद्यावधिक गर्नुपर्ने कागजातको प्रामाणिकतामा युक्तिसङ्गत शङ्का उत्पन्न भएको वा विवरण प्राप्त वा सत्यापन गर्न नसकिएको अवस्थामा कारण स्पष्ट गरी आवश्यक कागजात माग गर्न सकिनेछ । ५ विवरण आदानप्रदान तथा उपयोग गर्दा व्यक्तिगत गोपनीयता, व्यावसायिक गोपनीयता तथा सूचना सुरक्षाको संरक्षण गर्नुपर्नेछ । ६ विवरण प्राप्त सत्यापन वा आदानप्रदान गरेको अभिलेख सम्बन्धित निकायले सुरक्षित रूपमा राख्नुपर्नेछ। ७ अन्तरआवद्धता तथा आधिकारिक सत्यापनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ। ”
दफा ३८ख पछि देहायको दफा ३८ग थपिएको छ । “३८ग औद्योगिक सेवा प्रवाहसम्बन्धी गुनासो तथा उपचार १ प्रशासनिक सेवामा अनावश्यक ढिलाइ, कानूनविपरीत कागजात वा विवरण माग प्रक्रियागत अवरोध, तोकिएको समयसीमाभित्र निर्णय नगरेको वा अन्य अनियमितता भएको अवस्थामा सम्बन्धित उद्योग वा सेवाग्राहीले सेवा प्रदान गर्ने निकायको प्रमुख वा तोकिएको अधिकारीसमक्ष गुनासो पेस गर्न सक्नेछ । २ प्राप्त गुनासोमा सम्बन्धित निकायले जाँचबुझ गरी पन्ध्र कार्यदिनभित्र आफ्नो अधिकारक्षेत्रभित्र पर्ने विषयमा समाधान वा निर्णय गर्नुपर्नेछ। ३ गुनासो समाधान नभएमा वा निर्णयबाट चित्त नबुझेमा सेवाग्राहीले सम्बन्धित निकायको माथिल्लो निकायसमक्ष गुनासो पेस गर्न सक्नेछ।









प्रतिक्रिया दिनुहोस्