काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको अन्तिम दिन बजार १.५४ अकले बढेर परिसूचक २७८८.७० बिन्दु कायम भएको छ ।
३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा बैंकिङ, विकास बैंक, होटल, जलविद्युत, उत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा ८७ कम्पनीको मूल्य बढेको १६८ कम्पनीको मूल्य घटेको छ । कारोबारमा पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट, माइखोला हाइड्रोपावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













प्रतिक्रिया दिनुहोस्