Skip to content
Prabhu

पयर्टन विकास आयोजनाका सबइन्जिनियर भट्टराई र अर्याल घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना एकाइ कार्यालय काठमाडौंका सबइन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ।

निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई कार्यकक्षबाटै आज पक्राउ गरेको हो ।

आयोगको टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका–३१ अन्तर्गत विकास आयोजनाबाट १७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal