Skip to content

तातोपानी नाका भोलिसम्म मात्रै खुल्ने, समय थप्न व्यापारीको माग

nabil
global ime

काठमाडौं । व्यापारीहरुले तातोपानी नाकाको समय थप गर्न माग गरेका छन् । चीनतर्फ न्यालम क्षेत्रमा दसैँलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर ल्याउन नसकिएकाले समय थप गर्न चीन सरकारलाई आग्रह गरेका हुन् ।

चीनले अस्थायी रूपमा तीन दिनका लागि तातोपानी नाका खुला गरेसँगै चीनतर्फ रोकिएका सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन् । उक्त नाका भोलिसम्म मात्र खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।

दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो ।

मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima