Skip to content

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन (तस्विरहरु)

nabil
global ime
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् ।
राष्ट्रपति पौडेलले आज काठमाडौं स्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरे ।
राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरे । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि थिइन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima