Skip to content

कायरोमा नेपाल-इजिप्ट व्यापार तथा लगानी सहकार्यबारे लगानीकर्ता भेला

काठमाडौं । इजिप्ट-नेपाल र इजिप्टबीच व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले इजिप्टको राजधानी कायरोमा लगानीकर्ता तथा व्यवसायीहरूको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालस्थित इजिप्टका लागि नेपाली राजदूतावासको आयोजनामा ‘नेपाल–इजिप्ट सहकार्य: व्यापार, लगानी तथा पर्यटन’ विषयक कार्यक्रममा दुवै देशका व्यवसायी, उद्योगी तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नेपालमा व्यवसाय गर्ने अवसरबारे मन्त्री–काउन्सिलर तथा उपनियोग प्रमुख इन्दिरा गोहिवार अर्यालले प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रममा इजिप्ट र नेपालका व्यवसायीहरूले व्यापारिक सम्बन्ध विस्तार, लगानीका सम्भावना तथा पर्यटन प्रवर्द्धनका विषयमा धारणा राखे । इजिप्टको चेम्बर अफ कमर्स तथा विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधिहरूले दुई देशबीच आर्थिक सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए ।

नेपाली व्यवसायीका तर्फबाट होटल, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रमा संलग्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा दुवै देशका व्यवसायीबीच आपसी परिचय, अनुभव आदानप्रदान तथा सम्भावित व्यावसायिक साझेदारीका अवसर पहिचान गर्ने अवसर जुटेको थियो।

नेपाल र इजिप्टबीच व्यापार तथा लगानीका नयाँ सम्भावना खोज्ने, निजी क्षेत्रबीच सम्बन्ध सुदृढ बनाउने र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima