काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपाल भट्टले नेपालमा गरिएको लगानीमा आगो लगाउने अनी लगानी भएन भन्ने गलत संस्कृती विकास भएको बताएका छन् ।
स्टक ब्रोकर एसोशिएसन अफ नेपालले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा यस्तो बताए । उनले नेपाल हिमालय भूमी बुद्ध, गोरखनाथ, मछेन्द्रका भूमी भएपनि हाम्रो संस्कार गलत भएको उनको भनाइ छ ।
उनले नेपालमा लक्ष्मी पुजा हुने गरेको स्मरण गर्दै आफ्नो संस्कार कस्तो बनाएको भन्ने हेर्न सबैलाई आग्रह गरे । नेपालमा गरिएको लगानीमा आगो लगाउने जस्तो गलत संस्कार विकास भएको दाबी गरे । अहिले बैंकको पैसा नजाने, विदेशबाट आएको पैसा खर्च नहुने, आर्थिक विकास नहुने समस्या बढेको बताए । उनले यसका लागि संस्कार र संस्कृतीमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।
अन्य देशमा लगानी बढ्ने, सेयर बजार विकास हुने गरेको स्मरण गर्दैै ती देशमा लक्ष्मीको पुजा हुने बताए । “नजिकैको भारतमा लक्ष्मीको पुजा हुन्छ । हाम्रो दशैं भन्दा ठूलो पुजा हुन्छ । दशैं भनेको शक्तिको पुजा हो । दशैंमा बलि दिइन्छ । काटमार गरिन्छ । अहिसा गर्ने देशमा काटमार गरिन्छ । म्याँ म्याँ गरेको जन्तुलाई छ्याप्प काटिन्छ । कुखुरा, भैसी राँगा, खसी काट्नेले मान्छे काटन बेर लगाउँदैन” उनले भने “हुनत हामीले १० वर्ष त्यो संस्कृतीको पनि विकास गरेको हो । जहाँ मान्छे पनि काटिए । अनी कहाँ हुन्छ आर्थिक विकास ।”
.
नेपालमा लगानी गर्ने, कमाउने, कमिशनको कुरा गर्ने भएपनि आफुलाई केन्द्रमा राख्ने गरेको उल्लेख गरे । अरुले कमाएकोलाई आफुले कमाएको हो भनेर नसम्झने प्रचलन रहेको उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष डा भट्टले अब पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउन नयाँ ऐन ल्याउन लागेको जानकारी गराए । त्यसका लागि धितोपत्र बोर्डमा दुईवटा ऐनको मस्यौदा तयारी अवस्थामा रहेको उनले जानकारी गराए ।
उनले अब त्यो मस्यौदा बोर्ड बैठकमा पेश गर्ने र बोर्डले अनुमोदन गरेर स्वीकृतका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको बताए । उनका अनुसार अब धितोपत्र बोर्ड नेपाल राष्ट्र बैंकको शैलीमा अघि बढ्ने जानकारी गराए । नेपाल राष्ट्र बैंकमा बालिया र राष्ट्र बैंक ऐन रहेको स्मरण गराँदै सेबोनमा पनि २ वटा चाहिएको बताए ।
उनले पुँजी बजारको पूर्वाधार, ब्रोकर मार्केट, मर्चेन्ट बैंकिङ, म्युचुअल फन्ड लगायतलाई नियमन गर्ने गरी एउटा ऐन र सेबोनका लागि अर्को ऐनको मस्यौदा तयार रहेको बताए । उनले नेप्सेको पुनर्संरचनाका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिले बोर्डलाई पत्र पठाएको र सोही अनुसार अघि बढेको जानकारी गराए ।
उनले यसमा नेप्सेको प्रविधि, जोखिम व्यवस्थापन र कारोबार प्रणालीको आधुनिकीकरणमा मात्रै ध्यान दिने बताए । बाँकी लगानीकर्ता अर्थात सरकारको चासोको विषय भएको उनको भनाइ छ ।
उनले अबको ब्रोकर व्यवसाय कर्पोरेट शैलीको हुनुपर्नेमा जोड दिए । उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा बजारमा सर्ट सेलिङ, इन्ट्रा डे ट्रेडिङ, एक्सचेन्ज ट्रेडेड फन्ड र सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङ जस्ता नयाँ उपकरणहरू पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने बताए ।










प्रतिक्रिया दिनुहोस्