Skip to content

सेबोनले सार्वजनिक गर्यो पीईभीसी सम्बन्धी अध्ययन प्रतिवेदन, पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पूँजीको उपलब्धता अभिवृद्धि गर्ने (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल पारस्थितिक प्रणालीको मूल्यांकन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन २०८३ सार्वजनिक गरेको छ ।

बोर्डले नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्द्धन तथा पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पूँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) क्षेत्रसम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।

सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, अर्थ मन्त्रालयको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ तथा बोर्डको पूँजी बजार नीति कार्यान्वयनको क्रममा सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरोकारवालाको राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न बोर्डले यो अध्ययन सार्वजनिक गरेको जनाएको छ ।

अध्ययनले पीईभीसीलाई विशिष्टीकृत लगानी कोषका रूपमा मात्र नभई उद्यमशीलता, नवप्रवर्तन, रोजगारी सिर्जना, विदेशी पूँजी आकर्षण तथा सार्वजनिक पूँजी बजारको विस्तारसँग जोडिएको आर्थिक विकासको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनका आधारमा जोखिममा आधारित नियमन, लगानीकर्ता संरक्षण, सुशासन, पारदर्शिता, सम्पत्ति संरक्षण, योग्य लगानीकर्ता वर्गीकरण तथा डिजिटल सुपरिवेक्षण प्रणालीलाई भावी नियामकीय सुधारका प्रमुख आधारका रूपमा लिइएको जनाएको छ ।

बोर्डले प्रतिवेदनका सुझावहरूको प्रभावकारी कार्यान्वयनबाट उत्पादनशील पूँजी परिचालन, उद्यमशीलता विकास तथा नेपालको पीईभीसी पारिस्थितिक प्रणालीलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima