काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले कर नीति परिवर्तन तथा लागू गर्दा पनि हामी अत्यन्त सावधानीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘जग बसाल्ने बजेटः बाटो के र कसरी ?’ विषय अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
उनले अहिले लेखा व्यवस्थापन केही जटिल अवस्थामा रहेको बताए । उनले अहिले अपेक्षाहरू पनि रहेको र ती अपेक्षाहरूलाई पनि उचित रूपमा व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गरे ।
औद्योगिक नियमनका विभिन्न चरणहरू पार गर्दै अब पाँचौँ चरणमा पुग्ने विषयमा पनि छलफल भइरहेको जानकारी गराए ।
कार्यक्रममा उनले अत्यधिक आर्थिक वृद्धि वा असन्तुलित वित्तीय सन्तुलन, साथै अत्यधिक मुद्रा सिर्जना गर्ने वा कर धेरै घटाउने वा धेरै बढाउने जस्ता अतिवादी उपायहरूबाट नभएको जनाए । ‘‘यी सबै बीचको सन्तुलित मार्ग अपनाउन आवश्यक छ’’ उनले भने ।
उनले थपे ‘‘हामीले असाधारण आर्थिक वृद्धि हासिल गर्नका लागि गहिरो रूपमा सोच्न आवश्यक छ । साथै, वित्तीय प्रणाली असन्तुलित नहोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।’’
अहिले ‘मनी क्रिएसन’ त्यति धेरै नभएको अवस्था छ, तर भविष्यमा ठूलो मात्रामा मुद्रा सृजना भएमा त्यसका सम्भावित प्रभावहरू के हुन सक्छन् भन्ने विषयमा पनि मूल्याङ्कन गर्न आवश्यक रहेको बताए ।












प्रतिक्रिया दिनुहोस्