Skip to content

धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाको प्रतिस्पर्धा

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष बन्नको लागि १९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । 

धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले १५ दिनको म्याद राखेर आवेदकको माग गरेको थियो । जसमा १९ जनाले तोकिएको म्यादभित्र आवेदन दिएका हुन् । 

बोर्डको अध्यक्ष बन्नको लागि आवेदन दिनेमा राष्ट्र बैंकका पूर्व कर्मचारी,धितोपत्र बोर्डका पूर्व कर्मचारी,बहालवाला कर्मचारी,नेप्सेका पूर्व सीईओ,पूर्व बैंकरहरु रहेका छन् । सिफारिस समितिले १९ जनाको प्रस्तुतीको आधारमा सर्टलिष्ट गर्ने छ । अन्तिममा ३ जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गर्ने र त्यही ३ जनाबाट मन्त्रिपरिषदले बोर्ड अध्यक्ष चयन गर्ने छ । 

१.चिरञ्जीवी चापागाईँ

२.कृष्णराज पोखरेल 

३.सन्तोष नारायण श्रेष्ठ 

४.डा.नवराज अधिकारी

५. डा.गोपाल प्रसाद भट्ट 

६.निरज गिरी

७.डा.केशव प्रसाद श्रेष्ठ 

८.कृष्णबहादुर अधिकारी 

९.डा.रघुराज काफ्ले 

१०.मुक्तिनाथ श्रेष्ठ 

११.प्रविन पन्दाक

१२.सूर्य प्रसाद अधिकारी 

१३.रामदेव यादव

१४.सीताराम थपलिया 

१५.डा.विमल कुमार तिवारी 

१६.रामकृष्ण खतिवडा 

१७.खगेन्द्र कटुवाल

१८.मुक्ति अर्याल 

१९.कृष्णबहादुर कार्की

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi