काठमाडौं । अबदेखि देशभरका सरकारी कार्यालयका कर्मचारीले १५–१५ दिनमा तलब पाउने भएका छन् । अर्थ मन्त्रालयबाट पाइलट परियोजनाका रूपमा सुरू भएको यो कार्य देशभरका सरकारी कर्मचारीको तलब भुक्तानीमा लागु हुने भएको छ ।
सरकारले निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूको तलब भुक्तानी प्रणालीमा ऐतिहासिक परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारी कर्मचारीहरूले महिनाभरि कुर्नु पर्ने बाध्यताको अन्त्य गर्दै हरेक १५–१५ दिनमा (अर्धमासिक रूपमा) आफ्नो तलब र भत्ता पाउने भएका हुन् ।
सरकारले संघीय सरकार अन्तर्गतका राष्ट्रसेवक कर्मचारीहरूलाई महिनाको दुई पटक ९अर्धमासिक रूपमा० तलब र भत्ता भुक्तानी गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । महालेखा नियन्त्रक कार्यालयले वैशाख २१ गते देशभरका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।












प्रतिक्रिया दिनुहोस्