काठमाडौ । उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसाेसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । सम्पन्न मत परिणाम अनुसार पाण्डेले १०७९ मत प्राप्त गरेर विजयी भएका हुन् ।
निर्वाचनमा उपाध्यक्षकी प्रत्याशी ज्योत्स्ना श्रेष्ठ सुब्बाले ७५० मत प्राप्त गरेकी छिन । यस्तै निर्वाचनमा महिला सदस्यमा जमुना माथेमा र अभिज्ञा मल्ल विजयी भएका छन् । अभिज्ञा मल्लले १०१४ मत प्राप्त गरेकी छिन् भने माथेमाले ११४६ मत प्राप्त गरेकी छिन । निर्वाचनमा जमुना पौडेलले ७०२ र शोभा ज्ञवालीले७२१ मत प्राप्त गरेर पराजित भएका छन् ।
सदस्यमा विजयी माथेमा र मल्ल पाण्डे समूहका हुन् ।












प्रतिक्रिया दिनुहोस्