Skip to content

सरकारले भोली नीति तथा कार्यक्रम ल्याउने

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोली (सोमबार) सार्वजनिक गर्ने भएको छ ।

आगामी आवको बजेट अघि ल्याइने नीति तथा कार्यक्रम सार्वजनिक गर्नु ३ दिन अघि मात्रै सरकारले सुझाव माग गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अन्तिम समयमा आएर सरकारले जनताको सुझाव लिएका लागि सुझाव संकलन पोर्टल नै सञ्चालन गरेको छ ।

त्यो पोर्टल अर्थमन्त्रालय नभर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सञ्चालन गरेको छ । आगामी आजको नीति तथा कार्यक्रम, बजेट अर्थ मन्त्रालयले बनाउने भएपनि यो पटक भने यसमा बढी चासो प्रधानमन्त्री कार्यालयले राखेको छ ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सबै प्रदेशका सांसदहरुलाई भेट्दा पनि सांसदहरुले आगामी बजेटका विषयमा विषय उठाउँदा भएका सुुझाव आफ्नो सचिवालयले लिखित बुझाउन बालेनले निर्देशन दिने गरेका थिए ।

सोही अनुसार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको दाबी गरेको छ ।

आगामी आवको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुँदैछ । नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको सरकारको दाबी छ । आज आइतबार सरकारले नै सार्वजनिक बिदा दिएको छ ।

सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्री मुख्य योजना अनुरूप यो कदम चालिएको सरकारको दाबी छ । तर, अन्तिम समयमा यो पोर्टल सञ्चालनमा ल्याउँदा यसले पार्ने प्रभाव र आएको सुझाव कति समेटिने हुन भन्ने विषयमा प्रश्न छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi