Skip to content

कृषि प्रशोधन, ऊर्जा, औषधि, पर्यटन, सूचना प्रविधिमा नेपाल–बंगलादेशको सम्भावना ठूलो छ: राजदूत रहमान

nabil bank

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत नेपालका लागि बंगलादेशका राजदूत महोमद साफिकुर रहमानले नेपाल–बंगलादेश आर्थिक सहकार्यको ठूलो सम्भावना रहेको बताएका छन् ।

उनले कृषि प्रशोधन, ऊर्जा, औषधि, पर्यटन, सूचना प्रविधि, फ्रोजन फिस तथा समुद्री खाद्य सामग्रीजस्ता क्षेत्रमा नेपाल–बंगलादेश आर्थिक सहकार्यको ठूलो सम्भावना रहेको बताएका हुन् ।

काठमाडौंमा भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ मा सहभागी नेपाली व्यवसायी तथा बंगलादेशी प्रदर्शकहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

राजदूत रहमानले बंगलाबन्धा जस्ता स्थल बन्दरगाहको प्रयोग र क्षेत्रीय कनेक्टिभिटी विस्तारले दुई देशबीच व्यापार सहज बनाउन सहयोग पुगेको उल्लेख गरे । साथै, दुवै देशका व्यवसायीलाई आवश्यक सहयोग गर्न दूतावास सधैं तयार रहेको उनको भनाइ छ ।

उनले बंगलादेश अहिले एशियाकै प्रतिस्पर्धी उत्पादन तथा निर्यात केन्द्रका रूपमा स्थापित भइरहेको उल्लेख गर्दै रेडिमेड गार्मेन्ट, जुट तथा जुटजन्य सामग्री, औषधि, छालाजन्य वस्तु, कपडा उद्योगलगायत क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए ।

कार्यक्रममा नेपालका प्रतिष्ठित व्यवसायी, उद्योगी–व्यापारी, लगानीकर्ता, नीति निर्माता, कूटनीतिज्ञ, एफएनसीसीआई,एनसीसी र एनएफटीएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यस वर्षको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ मा बंगलादेशका २४ वटा उद्योग तथा व्यवसायिक संस्था सहभागी भएका छन् । उनीहरूले रेडिमेड गार्मेन्ट, हस्तकला, जुट तथा जुटजन्य सामग्रीलगायत निर्यातमुखी उत्पादनहरू प्रदर्शन गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi