काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई सम्बोधन गर्दै सरकारलाई प्रश्न गरेका छन् । मंगलबारको सदनमा बोल्दै उनले उद्योगी–व्यवसायीहरूलाई आतंकित बनाउने खालका कदम चालेर सरकारले अर्थतन्त्र नै कमजोर पार्न खोजेको हो ? भनेर प्रश्न गरेका छन् ।
सरकारले गरेको व्यवहारले देशका लगानीकर्ता, उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको उनले उल्लेख गरेका छन् । “व्यवसायीहरूमा त्रासको अवस्था सिर्जना भएको छ, यस्तो अवस्थामा कसरी अर्थतन्त्र चलायमान हुन्छ?” उनदे भने ।
साम्पाङले चुनावताका युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै हालसम्म ठोस योजना र उपलब्धि नदेखिएको पनि टिप्पणी गरे। उनका अनुसार रोजगारी सृजनामा प्रभावकारी कार्यक्रम नआउँदा युवा अझै वैदेशिक रोजगारीतर्फ जान बाध्य भइरहेका छन्।
उनले सरकारलाई निजी क्षेत्रप्रति विश्वासको वातावरण सिर्जना गर्न, नीतिगत स्थिरता कायम गर्न र लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरे।












प्रतिक्रिया दिनुहोस्