Skip to content

अस्ट्रेलियामा नेपालीको बढ्दो लगानी क्षमता: घरजग्गा मुख्य आकर्षण

काठमाडौं । अस्ट्रेलियामा रहेका नेपाली घरजग्गा क्षेत्रमा लगानीलाई प्राथमिकता दिएको देखिएको छ ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीज( आईआईडीएस)ले गरेको अध्ययनले अस्ट्रेलियामा बसोवास गर्ने नेपालीमध्ये करिब ३४.९९ प्रतिशतले बचतभन्दा बाहिर विभिन्न क्षेत्रमा औपचारिक लगानी गरेका छन् ।

अस्ट्रेलियामा रहेका नेपालीहरूमध्ये ५६.८ प्रतिशत लगानीकर्ताहरू घरजग्गा क्षेत्रमा संलग्न छन्। नेपालीहरूले घरजग्गालाई सुरक्षित, कम जोखिमयुक्त र दीर्घकालीन प्रतिफल दिने माध्यमका रूपमा लिन थालेपछि यो क्षेत्र नेपाली डायस्पोराको पूँजीको मुख्य गन्तव्य बनेको छ।

अध्ययनले अस्ट्रेलियामा हुने लगानीमध्ये ठूलो हिस्सा आवासीय तथा व्यावसायिक घरजग्गामा केन्द्रित रहेको देखाएको छ ।

लगानी गर्ने नेपालीहरूआर्थिक हैसियत सशक्त देखिएको छ। अध्ययन अनुसार नेपालीहरूको लगानी पोर्टफोलियोको परिमाण उल्लेखनीय छ।

करिब २८.८ प्रतिशत लगानीकर्ताले ३ लाख ५० हजारदेखि ७ लाख ५० हजार अस्ट्रेलियाली डलरसम्मको सम्पत्ति राखेका छन्। यसैगरी, करिब ३०.८ प्रतिशत को लगानी ७ लाख ५० हजार डलरभन्दा बढी मूल्यको लगानी रहेको देखिएको छ ।

अस्ट्रेलियामा बस्दै आएका नेपालीहरू उच्च मूल्यका सम्पत्तिमा सजिलै प्रवेश गर्न सक्ने आर्थिक क्षमता राखेको देखिएको छ ।

विशेषगरी प्रविधि, स्वास्थ्य, वित्तीय सेवा, इन्जिनियरिङजस्ता क्षेत्रहरूमा सफल करिअर बनाएका नेपालीहरूले आय–आर्जनका आधारमा स्थायी सम्पत्तिमा लगानी गर्न रुचि देखाएका छन्।

घरजग्गापछि, नेपालीहरूको लगानी विभिन्न क्षेत्रमा फैलिएको छ। अध्ययनका अनुसार सेयर बजार, बैंकिङ तथा वित्तीय सेवा क्षेत्रमा २५.६ प्रतिशत, उद्यमशीलता वा फ्रान्चाइज व्यवसायमा १६ प्रतिशत,शिक्षा तथा तालिम क्षेत्रमा ६.६ प्रतिशत,लजिस्टिक तथा आपूर्ति व्यवस्थापन क्षेत्रमा ६.४ प्रतिशत, खुद्रा व्यापारमा ६.१ प्रतिशत र निर्माण तथा पूर्वाधार क्षेत्रमा ६ प्रतिशत लगानीकर्ताले लगानी गरेको देखिएको छ ।

यसका अतिरिक्त पर्यटन तथा आतिथ्य, खाद्य तथा पेय पदार्थ, हस्तकला, कृषि, नवीकरणीय ऊर्जा र डिजिटल प्रविधि जस्ता क्षेत्रमा पनि उल्लेख्य संलग्नता रहेको अध्ययनले देखाएको छ ।
लगानी प्रवृत्ति केवल पहिलो पुस्ताका आप्रवासीमै सीमित नरहेको देखिएको छ ।

अस्ट्रेलियामा जन्मिएका वा हुर्किएका दोस्रो पुस्ताका नेपालीहरूमा पनि घर स्वामित्व उच्च देखिन्छ। अध्ययन अनुसार, दोस्रो पुस्ताका करिब ८९ प्रतिशत नेपाली आफ्नै वा परिवारको स्वामित्वमा रहेको घरमा बसोबास गर्छन्।
यसले नेपाली समुदायले अस्ट्रेलियामा दीर्घकालीन बसोबासको योजनासहित आर्थिक आधार मजबुत बनाउँदै गएको संकेत गर्छ।
अध्ययनले आगामी पाँच वर्षमा लगानी गर्ने योजना बनाएका नेपालीहरूमध्ये सबैभन्दा धेरै ४०।५० प्रतिशत—ले घरजग्गा तथा आवास क्षेत्रमा नै लगानी गर्ने योजना बनाएको पाइएको छ।
यसको अर्थ, अहिलेको लगानी संरचना आगामी वर्षहरूमा पनि स्थिररूपमा बढ्ने सम्भावना प्रबल छ। घरजग्गामा लगानी हुनुको कारण—स्थिरता, मूल्यवृद्धि, सुरक्षित प्रतिफल र पारिवारिक अग्रक्रम—मुख्य कारक मानिन्छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T